बी.पी.कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानले बिरामीहरुलाई सहज, छरितो र समयमै सेवा उपलब्ध गराउने नयाँ ब्यवस्था लागु गरेको छ ।
प्रतिष्ठानको अस्पताल सेवा अन्तर्गत उपलब्ध प्रयोगशाला तथा रेडियोलोजीकल जांचहरु अब बाह्य चिकित्सकको सिफरिशका आधारमा पनि गराउन सकिने व्यवस्था गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । यस सेवाको लागि इच्छुक बिरामीहरुले कार्यालय समय भित्र प्रतिष्ठानको जीओपीडी स्थित हेल्प डेस्कमा उपस्थित सहजकर्तासंग सम्पर्क गरी आवश्यक कागजात र निर्देशन प्राप्त गरि सम्बन्धित काउन्टरमा बिलिङ प्रकिया पूरा गरी केन्द्रिय प्रयोगशाला वा रेडियोलोजी विभागबाट जांच गराउन सकिने छ । यो व्यवस्था स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारद्वारा सञ्चालित कार्यक्रमहरु अन्तर्गतका बिरामीहरुका लागि भने लागू हुने छैन ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।