one
विज्ञापन

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर क्लोथ फाउन्डेशन धरानले मानव सेवा आश्रममा सम्मान गर्दै भोजन गराए......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान–१६ स्थित मानव सेवा आश्रममा कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर क्लोथ फाउन्डेशन धरानले आश्रममा आश्रित ६५ जना सहयोगापेक्षी नागरिकलाई भोजन गराएको छ । पर्वको अवसरमा आयोजित भोजन सेवामा फाउन्डेशनका पदाधिकारी तथा सदस्यहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई आफ्नै अभिभावकसरह सम्मान गर्दै भोजन गराएका हुन् ।

कुशे औँसी सन्तानले जन्मदाता बुबाप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने पर्व हो । यही दिन पारेर क्लोथ फाउन्डेशनले परिवारबाट अलग भएका, असहाय तथा सडकबाट उद्धार गरिएका नागरिकलाई आफ्नै आमाबुबाको रूपमा सम्मान गर्दै भोजन गराएकोे हो । मानव सेवा आश्रममा हाल ६५ जना सहयोगापेक्षी नागरिक आश्रित छन् ।
क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले बुवाआमाप्रतिको सम्मान र सेवाको भावनालाई संस्थाको अभियानकै रूपमा अघि बढाइएको बताउनुभयो । उहाका अनुसार फाउन्डेशनका सदस्यहरूले आफूले एक जोर लुगा कम लगाएर भए पनि त्यसबाट बचत हुने रकम असहाय बुवाआमाको सेवामा लगाउने संकल्प गर्नुभयो ।
कुशे औँसीको अवसरमा आश्रममा रहेका बुवाआमासँग बसेर भोजन गराउन पाउँदा आफूहरूलाई आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो । आश्रमले आश्रित नागरिकको भोजन, बसोबास तथा हेरचाहका लागि गरेको व्यवस्थापनको समेत उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराईले बुवाआमाको आँखामा आँसु आउने कुनै पनि काम सन्तानले गर्न नहुने बताउनुभयो । वृद्धावस्थामा आफ्नै सन्तानको साथ र माया पाउनुपर्ने अभिभावकहरू आश्रममा आउनुपर्ने अवस्था सिर्जना हुनु समाजका लागि चिन्ताको विषय भएको उहाँको भनाइ थियो । उहाँले प्रत्येक सन्तानले आफ्ना बुवाआमालाई घरमै सेवा, सम्मान र माया दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले धरानलाई सडक आश्रित तथा सहयोगापेक्षी मानवमुक्त नगर बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा बेसहारा अवस्थामा रहेका नागरिकको उद्धार, स्वास्थ्य उपचार, पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनका लागि धरान उपमहानगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानव सेवा आश्रमबीच त्रिपक्षीय सहकार्यको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले धरानका सडक तथा सार्वजनिक स्थानमा कुनै पनि नागरिक भोकै, असहाय र अलपत्र अवस्थामा बस्नुपर्ने परिस्थिति अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यवाहक नगरप्रमुख बेघाले यस्तो अभियान सरकार वा कुनै एक संस्थाको प्रयासबाट मात्र सफल हुन नसक्ने भन्दै धरानका नागरिक, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी तथा मनकारी दाताको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।
धरान–१६ मा सञ्चालित मानव सेवा आश्रम मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत सञ्चालनमा रहेको छ । परिवारबाट त्यागिएका, मानसिक तथा शारीरिक रूपमा असहाय रहेका र सडकमा अलपत्र अवस्थामा भेटिएका नागरिकलाई उद्धार गरी आश्रमले संरक्षण तथा सेवा प्रदान गर्दै आएको छ । आश्रमको सञ्चालनमा विभिन्न व्यक्ति, सामाजिक संस्था तथा दाताहरूको सहयोग महत्वपूर्ण रहँदै आएको छ । जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृ स्मृति तथा विभिन्न पर्वका अवसरमा गरिने भोजन सेवा र आर्थिक सहयोगले आश्रममा आश्रित नागरिकको दैनिक जीवनयापनमा टेवा पुग्दै आएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन