धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मा एक दुर्लभ तथा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ युरोलोजी सर्जन तथा एसोसिएट प्रोफेसर डा. रिकेशजंग कार्कीको नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी ५ का मनोज श्रेष्ठको पेटबाट १८ किलोग्राम तौलको ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो ।
बैशाख १७ गते गरिएको उक्त शल्यक्रिया करिब चार घण्टा लामो थियो । अत्यधिक जोखिमयुक्त मानिएको यस अपरेसनमा ट्युमरले बिरामीको पेटका महत्वपूर्ण अंगहरूलाई थिचेर श्वासप्रश्वासमा गम्भीर समस्या सिर्जना गरेको थियो । चिकित्सकका अनुसार ट्युमरका कारण बिरामीको फोक्सोको कार्यक्षमता कम भई खोकी लागने र स्वास प्रस्वासमा समस्या देखिएको थियो, जसले सामान्य हिँडडुल समेत कठिन बनाएको थियो ।
शल्यक्रियाको नेतृत्व गरेका डा. कार्कीले यो केवल चिकित्सकीय प्रक्रिया मात्र नभई बिरामीको नयाँ जीवनको सुरुवात भएको बताए । ठूलो आकारका कारण शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव र अन्य जटिलता आउने जोखिम उच्च भए पनि चिकित्सक टोलीको दक्षता र सावधानीका कारण कुनै उल्लेख्य समस्या नआएको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । बिरामी मनोज कुमार श्रेष्ठ शुरुमा सानो टयूमर सोचेर अस्पताल पुगेका शल्यकृयापछी १८ केजीको रहेको थाहा भएको उनले बताए । लामो समयदेखि ठूलो ट्युमर बोकेर हिढेका बिरामीलाई अहिले शल्यकृयापछी सहज रूपमा सास फेर्न र हिँडडुल गर्न सकिने अवस्था आएको उनी बताउछन् । बिरामी तथा उनका परिवारले चिकित्सक टोलीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उक्त शल्यक्रियामा मुख्य सर्जनका रूपमा डा. कार्कीको नेतृत्वमा एनेस्थेसिया विशेषज्ञ प्रोफेसर डा. आषिश घिमिरे, क्रिटिकल केयरका डा.सबिन भण्डारी, युरोलोजी टीमका डा. आवाज काफ्ले, डा.शैलेस मर्हजन, डा.समीर चौधरी, डा. सन्तोष बजगाई र नर्सिङ स्टाफ हरुमा रुबी र अन्जलीे, तथा अन्य सहयोगी चिकित्सकहरूको संयुक्त टोली सक्रिय रहेको थियो ।
नेपालको स्वास्थ्य क्षेत्रमा यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको घटना विरलै हुने भएकाले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस सफलताले नेपाली चिकित्सकहरूको दक्षता र देशभित्रै जटिल शल्यक्रिया सम्भव छ भन्ने सन्देश दिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।