one
विज्ञापन

चोरी गरी लैजाँदे गरेको ५ थान मोबाइल र नेपाली नगद सहित २ जना पक्राउ,त्यसतै भरुवा बन्दुक सहित २ जना पक्राउ.....

Article Image

जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ एक नं. ढाँट स्थितमा इलाका प्रहरी कार्यालय, रानी र इ.प्र. का. रानी (सीमा) बाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेको जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ०४ बस्ने बर्ष २२ को कृष्ण साह र निजको श्रीमती बर्ष २३ की बबिता बुढ़ाथोकीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट चोरी गरी लैजाँदे गरेको ५ थान मोबाइल र नेपाली नगद रु, ७४३५÷– (सात हजार चार सय पैतिस ) र भारतीय नगद रू.१८००÷– (अठार सय) सहित फेला पारी निजहरूलाई सामान सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जानकारी गराएको छ ।
त्यसतै जिल्ला संखुवासभा मकालु गाउँपालिका वडा नं. ०५ मांसिमा बस्ने सिताराम गुरुङले बिना इजाजत पत्रको भरुवा बन्दुक लुकाई छिपाई राखि प्रयोग गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी नुम संखुवासभाबाट खटिएको प्रहरी टोलीले निज सिताराम गुरुड़को घरमा खानतलासी गरी सोधपुछ गर्दा निजले बताए अनुसार उक्त भरुवा बन्दुक नाल–१ (एक), फलामको छर्रा –१४ वटा सहित भरुवा बन्दुकमा प्रयोग हुने बारूद आपने घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी निज सिताराम गुरुङÞ समेतलाई नियन्त्रणमा लिई निज विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको। त्यसै गरी प्रहरी चौकी नुम संखुवासभाबाट खटिएको प्रहरी टोलीले मकालु गा.पा .– ०५ मांसिमा स्थित टिकाराम गुरुड़को खाली जग्गामा रहेको ढुङ्गाको फेदमा बेवारिसे अवस्थामा थप–१ (एक) थान भरुवा बन्दुक समेत बरामद गरिएको छ। उक्त भरुवा बन्दुक को–कसले के–कुन प्रयोजनको लागि उक्त स्थानमा राखेको हुन सक्ने भन्ने सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन