one
विज्ञापन

लागू औषध सहित ६ जना पक्राउ........

विराटनगर,
झापा, मोरङ र सुनसरी भदौ २७ गते जिल्लाका विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ ।
झापाको इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-६ का ५३ वर्षिय संजय अग्रवाल र सोही स्थानका १८ वर्षिय अर्जुन मल्लिकलाई ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-४ का ३७ वर्षिय सुन्दर धिमाललाई १ ग्राम ९७० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका-८ का २९ वर्षिय अजय मगरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ का २५ वर्षिय भजन देव रामलाई ५९० मिलिग्राम ब्राउन सुगर, ट्रमाडोल ५ ट्याब्लेट र स्पास्टिन ६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ बेनीघाट गाउँपालिका-१ का २८ वर्षिय राज कुमार थिङ तामाङलाई ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन