विराटनगर,
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १० जनालाई पक्राउ गरिएको छ । असोज ११ गते चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका–६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान–१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित र अस्थायी प्रहरी चौकी इनरुवाले इटहरी–१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१६ बाट भारत, दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित, धरान–१३ का राजु बिश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट–६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित र कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरको प्रादेशीक अनुसन्धान समुह र प्रहरी चौकी डाँगीहाटको संयुक्त प्रहरी टोलीले बेलबारी–४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिवन्धित औषधी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ११ गते सुनसरीबाट ३ जना, झापाबाट २ जना र मोरङबाट २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ९ वर्ष १० महिना ५ दिन कैद सजाय र ३५ हजार ७ सय जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।
साथै सङ्खुवासभा र धनकुटाबाट ५ बुङ्ग तास र नगद २ लाख ४ हजार ३८० रुपैयाँ सहित तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज ११ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीले खाँदबारी नगरपालिका–८ जिरो प्वाइन्ट स्थित मान बहादुर तिवारीको घरमा तास खेलिरहेको अवस्थामा १ बुङ्ग तास र नगद ८९ हजार ८३० रुपैयाँ सहित घर धनी मान बहादुर तिवारी, सोही स्थानका टिकाराम तिवारी, देवेन्द्र श्रेष्ठ, सिलिङचोङ–५ का दिनेश कार्की, र बसन्त राईलाई पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले धनकुटा नगरपालिका–१ हिले स्थित सिताराम श्रेष्ठको घरको कोठा भित्र तास खेलिरहेको अवस्थामा धनकुटा नगरपालिका का मोहन बहादुर वि.क., रमेश राई, सविन तामाङ, तेज बहादुर मगर, रमेश भण्डारी, दिपेन्द्र मगर, रमेश कार्की र महालक्ष्मी नगरपालिका–८ का रामकाजी बि.क.लाई ४ बुङ्ग तास, गोटी ११९ वटा र नगद १ लाख १४ हजार ५५० रुपैयाँ सहित पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।