झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ११ गते सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट इलाका प्रहरी कार्यालय लौकहीले इलाम चुलाचुली गाउँपालिका–५ का याम कुमार राईलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र अस्थायी प्रहरी चौकी देउरालीले धरान–५ बाट सोहि स्थानका अमिर सार्कीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित, अस्थायी प्रहरी चौकी बरगाछी र अस्थायी प्रहरी चौकी तिनकुनेले धरान–८ कि सलिना राईलाई ८५० मिमिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी चौकी खनारले इटहरी उप–महानगरपालिका–११ बाट मोरङ सुन्दरहरैचा–२ का अरुण माझीलाई ट्रामाडोल ८१० क्याप्सुल, डिक्लोमाईन ८०० क्याप्सुल र प्र.१–०२–०४१ प २५४६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय इटहरीले ईटहरी–८ बाट ट्रामाडोल ५ हजार २ सय ७० क्याप्सुल र डाईक्लोमाईन ५ हजार ५ सय १० ट्याब्लेट सहित सोहि स्थानका अभिशेक चौधरी, युगल सुन्दास र एक बालकलाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट अस्थायी प्रहरी पोष्ट बसपार्कले ईटहरी–२ का अनिष खड्कालाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेबाट सुनसरी दुहबीका संजय उरावलाई इलाका प्रहरी कार्यालय बिराटचोकले २ ग्राम ७३० मिलिग्राम सहित र अस्थायी प्रहरी पोष्ट सोमबारेले बेलबारी–६ बाट प्र.१–०२–०४० प ९१९१ नम्बरको मोटरसाईकल चालक धनकुटा चौबिसे गाउँपालिका–७ का आइत बहादुर राइ र मोटरसाईकल पछाडी सवार एक बालकलाई ३० केजि ९९० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । धनकुटाको चौबिसे गाउँपालिका– ६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–८ का रोमन भन्ने रमेश पोखरेललाई ट्रामाडोल ६४ क्यासुल, डिकोलोक ३७ चक्की र स्पास्पेन ३१ वटा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।