one
विज्ञापन

धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना ,१ जनाको घटनास्थलमै मृत्यु.....

धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो । धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ । सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए । जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
4
विज्ञापन