जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. १० जल्पापुर चम्राही टोल स्थितमा लागू औषध ओसार पसार भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी भोक्रहा नरसिंह गाँउपालिका वडा नं. ०५ बस्ने वर्ष ३० को राम बहादुर यादवले को १ च ८२७९ नम्बरको टाटा पिकअप गाड़ीमा लोड गर्दी गरेको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ १४५४.८७ किलोग्राम (एक हजार चार सय चौवन्न किलो आठ सय सत्तरी ग्राम ) फेला परेको हुँदा निजलाई उक्त लागु औषध र पिकअप गाड़ी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।