one
विज्ञापन

धरान–१ गीता मन्दिरमा सनातन धर्म सेवा समिति सुनसरीको आयोजनामा ’महर्षि वेदव्यास जयन्ती तथा गुरुपूर्णिमा विशेष समारोह’

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । देशभर श्रद्धा र भक्तिपूर्वक गुरुपूर्णिमा पर्व मनाइएका अवसरमा धरान–१ स्थित ऐतिहासिक गीता मन्दिरको सभाहलमा सनातन धर्म सेवा समिति सुनसरीको आयोजनामा ’महर्षि वेदव्यास जयन्ती तथा गुरुपूर्णिमा विशेष समारोह’ भव्य रूपमा सम्पन्न भएको छ ।

दीप प्रज्ज्वलन तथा श्रीमद्भगवद्गीताको सामूहिक पाठबाट शुभारम्भ गरिएको कार्यक्रममा सनातन धर्मका विद्वान्, शिक्षाप्रेमी, धार्मिक अगुवा तथा सर्वसाधारण भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहमा गुरु परम्पराको महत्व, महर्षि वेदव्यासको अतुलनीय योगदान तथा वैदिक दर्शनको समकालीन सान्दर्भिकतामाथि विस्तृत चर्चा गरिएको थियो ।
सनातन धर्मका प्रखर ज्ञाता तथा वरिष्ठ शिक्षाप्रेमी प्रा. डा. आनन्द आचार्यले गुरु परम्परा कुनै व्यक्तिको पूजा वा सम्मानमा मात्र सीमित नभई ज्ञान, विवेक र संस्कारको निरन्तर प्रवाह भएको बताए । उहाँले महर्षि वेदव्यासले चार वेदको विभाजन, अठार पुराणको सम्पादन तथा महाभारतजस्तो महान् ग्रन्थको रचना गरी सम्पूर्ण मानव सभ्यतालाई अमूल्य बौद्धिक सम्पदा प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले भगवान भन्दा माथिल्लो दर्जामा गुरु रहने भएकोले गुरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उहाँले आधुनिक सूचना–प्रविधिको युगमा युवा पुस्तामा नैतिक शिक्षा, संस्कार र पूर्वीय दर्शनप्रतिको चेतना अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै व्यास जयन्तीको मूल सन्देश पनि यही रहेको स्पष्ट पार्नुभयो । ज्ञान र संस्कारविनाको शिक्षा अपूर्ण हुने धारणा व्यक्त गर्दै उहाँले समाजलाई सही दिशातर्फ डो¥याउन गुरु परम्पराको निरन्तरता अपरिहार्य रहेको बताए ।
युवा पुस्तामा कुलधर्म, स्वधर्म तथा गुरुहरूप्रतिको श्रद्धाभाव विकास गर्ने उद्देश्यले व्यास जयन्ती कार्यक्रम आयोजना गरिएको जानकारी अन्य धर्म गुरुहरुले बताएका थिए । उनीहरुले गुरुपूर्णिमा गुरुजनप्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्ने वैदिक संस्कृतिको अनुपम पर्व भएको बताउदै पारिवारिक तथा सामाजिक जीवनमा आध्यात्मिक ज्ञान र गुरुको मार्गदर्शनले नै शान्ति, सद्भाव र नैतिक मूल्य स्थापित हुने धारणा राखेक थिए । उनीहरुले धार्मिक ग्रन्थहरुमा समेत गुरुको विषयमा बर्णन गरेको उल्लेख गरेका थिए ।

समारोहमा भजन–कीर्तन, गुरु वन्दना, वैदिक मन्त्रोच्चारण तथा धार्मिक सांस्कृतिक प्रस्तुति गरिएको थियो। कार्यक्रमको समापनमा सहभागी भक्तजनहरूलाई प्रसादी वितरण गरिएको आयोजकले जनाएको छ । गुरु पूर्णिमाले गुरु–शिष्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै ज्ञान, अनुशासन, नैतिकता र आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवद्र्धन गर्न प्रेरणा दिने विश्वास गरिएको थियो । सो अवसरमा सनातन धर्मको विस्तारमा योगदान पु¥याएको भन्दै लोकनाथ सुवेदीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन