विराटनगर ,
मोरङ र झापाबाट साउन १३ गते प्रहरीले ६ जनालाई लागू औषध सहित पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका-२ हरुचौक स्थितबाट साउन-१३ गते दिउँसो इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २३ बर्षीय समिर कट्वाल र २३ बर्षीय समिर भुजेललाई ब्राउन सुगर ६५० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै हिजो बेलुका मोरङको विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलमा चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका ९ स्थित महेन्द्रचौकमा संचालनमा रहेको Expoxpress कुरियर मार्फत विराटनगर बस्ने राघव झा नाम गरेको व्यक्तिले काठमाडौं मनमैजु तारकेश्वर बस्ने अशोक विश्वकर्मालाई पठाएको जुत्ता भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर १८ ग्राम ४८० मिलिग्राम फेला परे पश्चात उक्त समान कुरियर गर्न आउने विराटनगर महानगरपालिका ५ का २४ बर्षीय सुशान्त खड्कालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । यस्तै हिजो राती मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडा स्थितबाट इलाका प्रहरी कार्यालय बेलबारीले सोही स्थानका ५६ बर्षीय बल बहादुर राईको घरबाट १ नाल भरुवा बन्दुक र गाँजा १.५ किलोग्राम बरामद भए पश्चात उनलाई पक्राउ गरिएको छ । यस्तै हिजो बेलुका झापाको झापा गाउँपालिका ४ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गौरादह नगरपालिका ४ का २७ बर्षीय प्रकाश दियालीलाई ब्राउन सुगर ३ ग्राम ०१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका १० चाँदनी चौक स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-९ का ३० बर्षीय छोटु सहनीलाई ब्राउन सुगर १ ग्राम २५० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
मोरङको विराटनगर स्थित विमानस्थलबाट ब्राउन सुगर सहित ओसार पसारमा संलग्न विराटनगर महानगरपालिका-५ का २४ बर्षीय सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बेलुका ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले विमान स्थलको प्रस्थान केन्द्रको X-Ray मेसिनमा समानहरु चेकजाँच गर्ने क्रममा विराटनगर-९ महेन्द्रचोक स्थित रहेको Expo Xpress कुरियर मार्फत विराटनगरका राघव झा नाम गरेको व्यक्तिको नामबाट काठमाण्डौ पठाउन लागेको स्पोर्टस जुत्ताको कार्गोमा प्लास्टिकमा पोको पारी जुत्ता भित्रको सोलमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको हो । उक्त ब्राउन सुगर बरामद भए संगै ओसार पसारमा संलग्न कुरियर कर्ता खडकालाई विमानस्थलबाटै पक्राउ गरिएको छ । पक्राउ परका खडकाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ । साथै मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थितबाट १ थान भरुवा बन्दुक र गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० का ५६ बर्षीय बल बहादुर राईको घरकोठा खानतलासी गर्ने क्रममा भान्साकोठामा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान र गोठमा लुकाई राखेको अवस्थामा १ किलो ५०० ग्राम गाँजा बरामद गरे सगै राईलाई नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक र गाँजा सहित पक्राउ परेका राईको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।