one
विज्ञापन

लागू औषध सहित ५ जना पक्राउ

विराटनगर,
झापा, सुनसरी, तेह्रथुम र धनकुटाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते झापाको झापा गाउँपालिका-३ बाट प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्यूरो काकँरभिट्टाले भारत किशनगंजका MD फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र BR 37AB 5859 नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको धरान-१५ बाट इलाका प्रहरी कार्यालय धरानले सोहि स्थानका बासु बुढाथोकी र धरान-१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी जम्मा ४६१५ पिस सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी जिरीखिम्ती तेह्रथुमले इनरुवा-२ घर भई हाल म्याङलुङ नगरपालिका- ७ स्थितमा डेरा गरी बस्दै आएका सहनिवाज अलिलाई ट्रामाडोल र डाइक्लोपाम गरि जम्मा १०० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यस्तै धनकुटाको शहिदभुमी गाउँपालिका- ६ बाट प्रहरी चौकी आँखीसल्लाले शहिदभुमी गाँउपालिका-६ का रबिन राईलाई उनकै घर कोठाबाट ट्रामोल ७५० क्याप्सुल र डाईक्लोमाईन ८३० ट्याब्लेट लागू औषध फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन