one
विज्ञापन

स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा ‘कोशी प्रदेश राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने

Article Image
Article Image
Article Image

पूर्वी नेपालको खेलकुद इतिहासमा अर्को ऐतिहासिक अध्याय थपिने भएको छ । बडीबिल्डिङ तथा भारोत्तोलनका शिखर व्यक्तित्व, एसियन ट्रयाक एन्ड फिल्डका स्वर्ण पदक विजेता, अन्तर्राष्ट्रिय निर्णायक तथा ‘स्ट्रोङ्गेस्ट म्यान अफ धरान एन्ड कोशी’ स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा ‘कोशी प्रदेश राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको हो ।

। प्रतियोगिताले कोशी प्रदेशका उदीयमान बडीबिल्डरहरूलाई राष्ट्रिय स्तरमा स्थापित गराउने अपेक्षासँगै धरानलाई खेलकुद पर्यटनको नयाँ केन्द्रका रूपमा चिनाउने विश्वास गरिएको छ । धरान फिटनेश क्लब–१ को आयोजनामा हुने प्रतियोगिता आगामी असोज १० र ११ गते धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ । असोज १० गते खेलाडीहरूको प्रि–जजिङ (शारीरिक छनोट) गरिनेछ भने असोज ११ गते फाइनल प्रतिस्पर्धा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।
आयोजक धरान फिटनेश क्लबका अध्यक्ष कविर भगत प्रधानाङ्गले प्रतियोगिताको उद्देश्य केवल प्रतिस्पर्धा गराउनु मात्र नभई युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउनु रहेको बताउनुभयो । उहाँका अनुसार खेलकुदमार्फत असंगठित युवा शक्तिलाई समाजसेवा, अनुशासन र सकारात्मक गतिविधिमा जोड्ने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो ।

प्रतियोगितामा कोशी प्रदेशको नागरिकता भएका तथा हाल स्वदेश वा विदेशमा रहेका प्रदेशका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । तर राष्ट्रियस्तरको उपाधि जितिसकेका खेलाडीहरूलाई सहभागी हुन नपाइने व्यवस्था गरिएको छ । नेपाल बडीबिल्डिङ संघका केन्द्रीय सचिव विक्रम लिम्बुले यो व्यवस्थाले नयाँ र उदीयमान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । तर यस्ता खेललाई राज्यका तर्फबाट कुनै सहयोग प्राप्त नहुने गुनासो पोखे ।

प्रतियोगितालाई सामाजिक अभियानका रूपमा समेत अघि बढाइएको आयोजकको भनाइ छ । प्रतियोगितामार्फत युवा खेलाडीको क्षमता विकास, स्वस्थ जीवनशैलीको प्रवद्र्धन, कुलत नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि तथा बेरोजगार युवालाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने पाँच प्रमुख उद्देश्य राखिएको छ ।
धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले स्वर्गीय राजभगत प्रधानाङ्ग नेपाली खेलकुदका अन्तर्राष्ट्रिय गौरव भएको उल्लेख गर्दै उहाँको नाममा आयोजना हुने प्रतियोगिताले धरानलाई खेलकुद पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्ववपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार कोशी प्रदेशको बडीबिल्डिङ इतिहासमै पहिलोपटक यति ठूलो नगद पुरस्कार वितरण गरिनेछ । प्रथम हुने खेलाडीले . ३ लाख नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख, चौथो हुनेले . ७५ हजार, पाँचौँ हुनेले . ५० हजार तथा छैटौँ हुनेले . २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न तौल समूहका उपविजेता, ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ विधाका विजेतालाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार राशि सात लाख रुपैयाँभन्दा बढी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन