धरान । रोटरी क्लब अफ धरान फुटहिल्सको सातौं पदस्थापन समारोह शनिबार धरानमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ । वर्ष २०२५÷२६ की अध्यक्ष रोटरियन डा.मोना दाहालको सभापतित्व तथा रिजनल चियर अफ द डिस्ट्रिक तथा चार्टर एसीस्टेन्ट गभरनर अफ रोटरी कल्ब अफ धरान फुटहिल्सका रोटरियन सुनिता अग्रवालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
समारोहमा निवर्तमान सभापति डा. मोना दाहालले वर्ष २०२६÷२७ का लागि निर्वाचित अध्यक्ष रोटरियन डा. प्रिथा बस्नेतलाई प्रेसिडेन्ट ग्याभेल, चार्टर तथा रोटरी कलर हस्तान्तरण गर्दै पदभार सुिम्पएका थिए । सोही अवसरमा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
नवनियुक्त अध्यक्ष डा.पृथा बस्नेतले आफ्नो कार्यकालमा रोटरी इन्टरनेसनलको वर्ष २०२६÷२७ को नारालाई व्यवहारमा उतार्दै समुदायमा दिगो र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा विभिन्न रोटरी क्लबका पदाधिकारी फस्ट जेन्टलमेन डा प्रशान्त साहा , समाजसेवी, शिक्षाविद्, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
क्लबकी असिस्टेन्ट गभर्नर डा. सविना शोभा कोइरालाले परिवर्तन आफैबाट गर्नुपर्ने र आफू परिवर्तन भए सबै परिवर्तन हुने धारणा राखे ।
सातौं पदस्थापन समारोहले रोटरी क्लब अफ धरान फुटहिल्सको सेवा यात्रालाई नयाँ नेतृत्वसहित थप ऊर्जा, जिम्मेवारी र दूरदृष्टिका साथ अघि बढाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । समुदायमुखी सेवा, मानवता, सहकार्य र दिगो विकासप्रतिको रोटरीको प्रतिबद्धतालाई अझ सशक्त बनाउने संकल्पका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।