धरान । धरानको प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार धरानमा ‘कोरा राइड २०८३’ साइकलिङ च्यालेन्ज सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८३’ अभियानलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्याडलर्स धरानको आयोजनामा ३० किलोमिटर लामो साइकल ¥याली सम्पन्न गरिएको हो ।
धरानको भानुचोकबाट सुरु भएको ¥याली विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै धरान–८ स्थित लाइहाली सामुदायिक पार्कमा पुगेर समापन भएको थियो । कार्यक्रममा सुनसरीसहित विभिन्न जिल्लाबाट आएका ३ सय भन्दा बढी साइकल यात्रीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले साइकलिङलाई वातावरणमैत्री जीवनशैली र दिगो पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । उनले कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको प्रचार–प्रसारमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्याडलर्स धरानका अध्यक्ष किशन मास्केले धरानमा सन् २०१७ देखि कोरा राइड आयोजना हुँदै आएको जानकारी दिँदै सन् २०२४ देखि प्याडलर्स धरानले यसको नेतृत्व गरिरहेको बताए । उनका अनुसार यस वर्षको कार्यक्रमलाई विशेष व्यवस्थापनका साथ थप आकर्षक बनाइएको थियो ।
राइडमा सहभागीहरूलाई प्रोत्साहनस्वरूप एमटिभी अनिसद्वारा प्रायोजित एक थान अत्याधुनिक माउन्टेन बाइकसहित विभिन्न उपहारको व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागी ज्ञानेन्द्र श्रेष्ठले साइकलिङका स्वास्थ्य लाभबारे प्रकाश पार्दै नियमित साइकल चलाउँदा मुटु तथा मांसपेशी बलियो हुने, शारीरिक तन्दुरुस्ती बढ्ने र मानसिक तनाव कम हुने बताए । उनले साइकलिङले चिन्ता, तनाव र डिप्रेसन न्यूनीकरण गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।
आयोजकका अनुसार कोरा राइडले धरानका समग्र धार्मिक मठमन्दिरको परिक्रमा गर्ने भएकोले यसले धार्मिक पर्यटन, स्वास्थ्य सचेतना, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई एकैसाथ प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यतिमात्र हैन साइकलिङबाट संकलन भएको रकमले धरानका अति पिछडिएका, भौतिक पूर्वाधार कम भएका सामुदायिक विद्यालयसँगै स्वास्थ्यको पहुँच नपुगेका आधारभूत स्वास्थ्यचौकीहरुमा निरन्तर सहयोग पु¥याउदै आएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।