धरान । लायन्स क्लब धरान ग्लोरीले आफ्नो स्थापना दिवस (चार्टर डे) धरानमा भव्य तथा गरिमामय कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा लायन्स डिष्ट्रिक्टका उच्च पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघाटन लायन्स डिष्ट्रिक्ट च्याप्टर प्रेसिडेन्ट एकता श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर विकास अधिकारी तथा क्लबका अध्यक्ष पवन अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो ।
स्थापना दिवसका अवसरमा क्लबले विगत एक वर्षमा धरान तथा आसपासका क्षेत्रमा सञ्चालन गरेका सामाजिक सेवामूलक कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका नयाँ योजनासमेत सार्वजनिक गरेको छ । विशेषगरी विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति कोष स्थापना गर्ने तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित निःशुल्क आँखा र दन्त उपचार शिविर सञ्चालन गर्ने घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक च्यार्टर प्रेसिडेन्ट एकता श्रेष्ठले धरान ग्लोरीले छोटो समयमै सामाजिक सेवामार्फत स्थानीय समुदायको विश्वास जित्न सफल भएको बताउनुभयो । लायन्सको मूल उद्देश्य समाजका विपन्न, असहाय र पछाडि पारिएका समुदायको सेवामा समर्पित रहनु भएको उल्लेख गर्दै उहाँले युवा नेतृत्वको सक्रिय सहभागिताले सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि डिष्ट्रिक्टको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले लायन्सले गरेको सामाजसेवाको सबैले मुक्तकण्ठले प्रशंसा गर्दा आफूहरुलाई गौरव लाग्ने बताउनुभयो ।
पूर्व डिष्ट्रिक गर्भनर विकास अधिकारीले लायन्सको अन्तर्राष्ट्रिय आदर्श वाक्य ‘हामी सेवा गछौ’ लाई धरान ग्लोरीले व्यवहारमै उतारेको भन्दै प्रशंसा गर्नुभयो । आँखा शिविर, रक्तदान, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा क्लबले खेलेको भूमिकाको सराहना गर्दै आगामी दिनमा आयआर्जन, सीप विकास र दीर्घकालीन प्रभाव पार्ने सामाजिक कार्यक्रमहरूमा थप ध्यान दिन सुझाव दिनुभयो ।
क्लबका अध्यक्ष पवन अग्रवालले स्थापना दिवसलाई सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ योजनाको घोषणा गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । उहाँले क्लबको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वर्षभर उत्कृष्ट योगदान पु¥याउने पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । स्थानीय सहभागीहरूले स्थापना दिवस केवल औपचारिक कार्यक्रममा सीमित नभई सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अवसरका रूपमा रहेको प्रतिक्रिया दिएका छन् । छात्रवृत्ति कोष स्थापना र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको घोषणालाई धरानका विपन्न समुदायका लागि सकारात्मक र दीर्घकालीन पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।