धरान । धरान उपमहानगरपालिकामा हरेक हिउँद सुरु भएसँगै खानेपानीको चरम अभाव हुने गरेको छ । मुख्य खानेपानी आयोजना र खोलाहरू सुक्दै जाँदा धरान–१४ को दुईधारे र धरान–३ को गैरीकुवा हजारौँ धरानेको प्यास मेटाउने मुख्य आधार बन्दै आएका छन् ।
यी दुवै स्थानका प्राकृतिक जरुवा पानीका मुहान दशकौँदेखि धरानेहरूको जीवनसँग जोडिएका छन् । जमिनमुनिबाट निरन्तर आउने स्वच्छ पानीका कारण नगरभरि धारामा पानी नआए पनि यी मुहान कहिल्यै सुक्दैनन् । त्यसैले हरेक हिउँद यहाँ बिहानैदेखि पानी थाप्नेहरूको भीड लाग्ने गर्छ ।
यही ऐतिहासिक प्राकृतिक सम्पदाको संरक्षण गर्दै धरान–३ स्थित गैरीकुवामा आधुनिक खानेपानी ट्यांकी र कलात्मक ढुंगेधारा निर्माण गरिएको छ । करिब आठ लाख रुपैयाँ लागतमा कोशी प्रदेश सरकारको बजेटबाट निर्माण भएको उक्त संरचनाको उद्घाटन कोशी प्रदेश सभाकी सांसद यशोदा कायस्थले गरेको छ ।
उनले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान नहुँदासम्म गैरीकुवा र दुईधारेजस्ता जरुवा पानीका स्रोतहरूको संरक्षण अपरिहार्य रहेको बताउँदै प्रदेश सरकार यसमा निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
धरान–३ का वडाध्यक्ष विद्या शाक्यले गैरीकुवा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण स्थानीय सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताए । उहाँले प्रदेश सरकारको बजेट सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सम्पदाको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
संरचना सञ्चालनमा आएपछि सबैभन्दा बढी राहत स्थानीय महिलाले महसुस गरेका छन् । उनीहरूले अब पानीका लागि टाढा धाउनुपर्ने बाध्यता हटेको भन्दै मुहानलाई सफा र सुरक्षित राख्न सबैलाई आग्रह गरेका छन् ।
धरानमा बढ्दो खानेपानी संकटका बीच गैरीकुवामा निर्माण भएको ट्यांकी र ढुङ्गेधाराले प्राकृतिक जरुवा पानीको संरक्षणसँगै संकटका बेला सहज रूपमा पानी उपलब्ध गराउने विश्वास गरिएको छ । स्थानीयका अनुसार यो योजना खानेपानी व्यवस्थापनसँगै ऐतिहासिक सम्पदा संरक्षणको महत्वपूर्ण उदाहरण बनेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।