धरान । झन्डै तीन दशकभन्दा लामो इतिहास बोकेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेतृत्वको यात्रामा नयाँ अध्याय सुरु गरेको छ । यसपटक प्रतिष्ठानको सर्वोच्च शैक्षिक नेतृत्वमा पहिलो पटक एक महिलाले जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन् । प्रतिष्ठानको प्याथोलोजी विभाग प्रमुखका रूपमा कार्यरत डा. स्मृति कार्की उपकुलपतिमा नियुक्त भएसँगै प्रतिष्ठानले इतिहास रचेको हो ।
बिहीबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहले डा. कार्कीलाई उपकुलपतिमा नियुक्त गरेपछि धरान मात्र होइन, समग्र स्वास्थ्य तथा शैक्षिक क्षेत्रमै यो नियुक्ति चासो र अपेक्षाको विषय बनेको छ । प्रतिष्ठान स्थापना भएयता पहिलो महिला उपकुलपति बन्न सफल कार्कीको नियुक्तिलाई महिला नेतृत्वको सशक्त उपस्थितिका रूपमा समेत हेरिएको छ । गत विहीबार नियुक्ति हुनु भएकी डा. कार्की सोमबार आफ्नो पदको कार्यभार सम्हाल्नु भएको हो । कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गदैै नवनियुक्त उपकुलपति डा. कार्कीले आफू विगत २४ बर्षदेखि अध्ययनसँगै सेवा गर्ने अवसर पाएको, यस अवधिमा प्रतिष्ठानको गौरवशाली इतिहास, प्रतिष्ठानको अपार सम्भावनासँगै विद्यमान चुनौतिलाई पनि नजिकबाट नियालेको बताउनुभयो । उहाँले प्रतिष्ठानमा अध्ययनरत रहँदा र कार्यरत रहँदाको अनुभवको आधारमा प्रतिष्ठानको सर्वाङ्गिण विकासमा लागिपर्ने बताउदै प्रतिष्ठानभित्र स्वच्छ पारदर्शी, र अनुकुल परिवेशमा काम गर्ने वातावरण तयार पार्ने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।
बीपी प्रतिष्ठान पछिल्ला केही वर्षयता शैक्षिक गुणस्तर, स्वास्थ्य सेवा, प्रशासनिक व्यवस्थापन तथा आर्थिक अनुशासनजस्ता विषयमा निरन्तर चर्चामा रहँदै आएको छ । यस्ता चुनौतीका बीच नयाँ नेतृत्वले संस्थालाई स्थायित्व, सुशासन र गुणस्तरीय सेवातर्फ अघि बढाउने विश्वास धेरैको छ । चिकित्सा शिक्षा र प्रयोगशाला विज्ञानमा लामो अनुभव भएकी कार्कीले प्रतिष्ठानको प्राज्ञिक वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतिष्ठान केवल पूर्वी नेपालको मात्र नभई राष्ट्रियस्तरकै महत्वपूर्ण चिकित्सा शिक्षालय र विशिष्टीकृत उपचार केन्द्रका रूपमा परिचित छ । नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्छन् । त्यसैले यहाँको नेतृत्व परिवर्तनले हजारौँ विद्यार्थी, चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।