one
विज्ञापन

लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, असार २९ गते ।
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा ५ किलो १०५ ग्राम, ब्राउन सुगर १०७ ग्राम ६०५ मिलिग्राम बरामद भएको छ ।
झापाको दमक नगरपालिका- ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौरादह नगरपालिका- १ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश न.१-०१-०१८ प ७७०७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने संखुवासभाको खाँदबारी नगरपालिका- ५ का ७० बर्षीय भिम बहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको प्लास्टिक सहित ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । यसै गरी बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका- १ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ
सुनसरीको दुहबी नगरपालिका- ४ मालहट्टी स्थितबाट १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २८ गते लागू औषधको कारोबारी भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-४ स्थितबाट मोरङ धनपालथान गाउँपालिका-१ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन