विराटनगर
औषधि उत्पादन, नियमन , विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधी विज्ञानमा स्नातोकोत्तर तहको ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ ।
विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले औषधि विज्ञानमा स्नातकोत्तर तह ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठयक्रम विज्ञ ,उद्योग र सरकारी निकायका प्रतिनिधि अनि प्राध्यापकहरुसँग छलफल थालेको हो ।
आइतवार फार्मेसी विभागले विराटनगरमा आयोजना गरेको ‘एमफार्म इन फार्मास्युटिक्स करिकुलम डेभलपमेन्ट’ कार्यशालामा औषधि शिक्षा, औषधि उद्योग, नियामक निकाय तथा विश्वविद्यालयका विज्ञहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै पाठयक्रम विज्ञ डा. धर्मप्रसाद खनालले मनमोहनले तयार गर्न लागेको ‘एमफार्म’ पाठयक्रमले औषधी विज्ञानमा व्यावसायिकता, नैतिकता तथा आचारसंहिता कायम राख्न, फार्मासिस्ट, स्वास्थ्यकर्मी एवं सरोकारवालासँग प्रभावकारी समन्वय गर्न, बहुविषयक स्वास्थ्य सेवा टोलीको रूपमा योगदान गर्न र फार्मेसीसम्बन्धी ज्ञान र सीपलाई व्यवहारमा लागू गराउन सहयोग पुग्ने बताए । उनका अनुसार एमफार्म पाडक्रमय उत्तीर्ण जनशक्त्तिले औषधि तथा सम्बन्धित क्षेत्रका राष्ट्रिय अन्तराष्टिय कानुनहरुको अध्ययन र मूल्याङ्कन गरेर अनुसन्धान गर्नेदेखी परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि दक्षता प्रदान गर्दछ ।
अर्का विज्ञ प्रोफेसर डाक्टर उत्तमबुढाथोकीले स्नातकोत्तर तहको एमाफार्म पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको औषधि उद्योगको आवश्यकता तथा अनुसन्धानमुखी शिक्षालाई केन्द्रमा राखेर तयार गरिने बताए । उनले सरोकारवालाहरुको सुझावले पाठक्रमलाई व्यवहारिक बनाउने भएकोले समय सुहाउँदो व्यवहारिक पाठयक्रम निर्माणका लागि सुझाव संकलन गर्न थालेको हो भने ।
औषधी उद्योगी गुराँस फर्मास्युटिकलका सञ्चालक राजेश प्रसाईले स्वदेशी उद्योगहरुको आवश्यकतालाई ध्यान दिएर विश्वविद्यालयहरुले दक्ष जनशक्त्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । अर्का उद्योगी राजु अधिकारीले व्यावहारिक पाठक्रम निर्माण गरेर दक्ष जनशक्त्ति उत्पादन गरेमा रोजगार दिन उद्योगहरु तयार रहेको बताए ।
पुर्वाञ्चल विश्वविद्यालयका स्कुल अफ मेडिसिनका डिन श्यामकुमार मल्लिकले औषधी विज्ञानमा स्नातोकोत्तर तहको जनशक्त्ति उत्पादन गर्ने मनमोहन विश्वविद्यालयको प्रयास सह्रानिय भएकोले चाँडै कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए ।
नेपाल फार्मेसी काउन्सिलकी रजिष्टार उषा ताण्डुकारले नेपालमा औषधी विज्ञानमा स्नातोकोत्तर गर्नेहरुलाई सूचीकृत गराउन ऐन शंसोधन गर्न लागेको बताइन । उनले नेपालमा औषधी विज्ञानमा दक्ष जनशक्त्तिका लागि रोजगारको अवसरै अवसर भएको बताइन । रजिष्टार ताण्डुकारका अनुसार विभिन्न औषधि उद्योगहरु ,सरकारी औषधि नियामक निकाय , शिक्षण संस्था , औषधि अनुसन्धान प्रयोगशाला र गुणस्तर नियन्त्रण प्रयोगशालाका लागि औषधी विज्ञानमा उत्पादित दक्ष जनशक्त्तिहरुको माग उच्च रहेको छ ।
औषधी व्यवस्था विभाग कोशीकी निमित्त प्रमुख संजिता वर्माले औषधी विज्ञानमा दक्ष जनशक्त्तिको अभाव भएकोले अझै नियमनमा कठिनाई भैरहेको भन्दै जनशक्त्ति उत्पादनमा प्राविधिक विश्वविद्यालयको प्रयास सफल हुने बताईन ।
नेपाल फार्मेसी एसोसिएन कोशीका सचिव दिपेन्द्र खडकाले पाठक्रमलाई अन्तराष्ट्रिय स्तर सुहाउँदो बनाउन सकिएमात्र उत्पादित जनशक्त्ति स्वदेशमा मात्र नभएर विदेशमा पनि खपत हुनसक्ने बताए ।
मनमोहन विश्वविद्यालयका रजिष्टार डा किशोर अधिकारीले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर देशलाई सुहाउँदो दक्ष जनशक्त्ति उत्पादन गर्नेगरि पाठ्यक्रमलाई अन्तिम रूप दिने बताए । उनका अनुसार स्नातकोत्तर तहको कार्यक्रम सुरु भएपछि औषधि विज्ञानमा उच्च अध्ययनका लागि स्वदेशमै अवसर विस्तार हुने विश्वविद्यालयको अपेक्षा लिएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालय फार्मेसी विभागका संयोजक शाहीविजय रिजालले एम फार्म कार्यक्रम सञ्चालन गर्नकालागि विश्वविद्यालयमा आवश्यक प्रयोगशाला पुर्वाधारहरु सबै पुरा भैसकेको र पाठक्रम निर्माण भएलगत्तै पठनपाठन सुरुगर्ने तयारी भैरहेको जानकारी दिए ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल औषधी विज्ञानमा ब्याचलर अफ फार्मेसी (वीफार्म) कार्यक्रम सञ्चालनमा रहेको छ । विश्वविद्यालयले आफनो शैक्षिक स्तरबृद्धि गर्दै औषधि विज्ञानमा स्नातकोत्तर तहको एमफार्मको पनि अध्ययन–अध्यापन सञ्चालन गर्ने तयारी गरेको हो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।