one
विज्ञापन

उद्घाटनपछि व्यवस्थापनका केही पक्ष नमिल्दा सञ्चालनमा आउन नसकेको बसपार्क अब प्रशासन, स्थानीय सरकार र यातायात व्यवसायीबीच भएको सहमतिसँगै सञ्चालनमा आउने

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिका–८ मा निर्माण सम्पन्न भएर असार १३ गते औपचारिक उद्घाटन गरिएको धरान स्मार्ट बसपार्क अन्ततः साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । उद्घाटनपछि व्यवस्थापनका केही पक्ष नमिल्दा सञ्चालनमा आउन नसकेको बसपार्क अब प्रशासन, स्थानीय सरकार र यातायात व्यवसायीबीच भएको सहमतिसँगै सञ्चालनमा आउने भएको हो ।

विहीबार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, धरान उपमहानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधिले बसपार्कको स्थलगत अनुगमन गरिएको थियो । त्यसपछि उपमहानगरपालिकामा बसेको संयुक्त बैठकले साउन १ गतेदेखि बसपार्क पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले बसपार्क सञ्चालनका लागि १७ बुँदे निर्णय पारित गर्दै धरान–५ र ९ बाट गाउँ तथा छोटो दूरीमा सञ्चालन हुने सवारीबाहेक अन्य सबै सार्वजनिक यातायात नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको छ । बसपार्कबाहिर जथाभावी यात्रु चढाउने–ओराल्ने कार्य रोक्ने, तोकिएका स्थानबाट मात्रै यात्रु सेवा सञ्चालन गर्ने तथा ट्राफिक व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था पनि गरिएको छ ।
यातायात व्यवसायीले उठाउँदै आएका टिकट काउन्टर, स्टेन्ड, पार्किङ, हेल्प डेस्क, सिसिटिभी निगरानी र सुरक्षा व्यवस्थापनलगायतका मागलाई निर्णयमार्फत सम्बोधन गरिएको छ । बसपार्क क्षेत्रमा २४सै घण्टा सुरक्षा व्यवस्था मिलाइने, प्रहरी र ट्राफिक पोष्ट स्थापना गरिने तथा आवश्यकताअनुसार सशस्त्र प्रहरीसमेत परिचालन गरिने निर्णय भएको छ। साथै, यात्रुको सहजताका लागि हेल्प डेस्क स्थापना, सबै सार्वजनिक सवारीमा भाडादर अनिवार्य रूपमा प्रदर्शन तथा यात्रुमाथि दुव्र्यवहार गर्ने जो–कोहीलाई तत्काल कारबाही गरिने व्यवस्था पनि गरिएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले बसपार्क सञ्चालनमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या व्यवसायीसँगको समन्वयबाट समाधान गरिएको बताउनुभयो । उहाँले छलफल अघि अनुगमनका क्रममा छलफलमा व्यवस्थापकीय समस्यालाई समाधान गरेर खोजिने प्रयास हुने बताउनुभएको थियो ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बसपार्क सञ्चालनमा अब कुनै अन्योल नरहेको स्पष्ट पार्दै निर्णयको प्रभावकारी कार्यान्वयनमा प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सबै पक्ष प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बसपार्क सञ्चालनसँगै धरानको ट्राफिक व्यवस्थापन थप व्यवस्थित हुने, बजार क्षेत्रको सवारी चाप घट्ने र यात्रुले सहज तथा सुरक्षित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

धरानको दीर्घकालीन ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको स्मार्ट बसपार्क उद्घाटनपछि सञ्चालनमा ढिलाइ हुँदा आलोचना हुँदै आएको थियो । तर अब सरोकारवाला सबै पक्षबीच सहमति जुटेपछि साउन १ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने निश्चित भएको छ । बसपार्कको सञ्चालन व्यवस्थापन ब्रदर्स ट्रेडर्स, इटहरीलाई रु १ करोड १ लाख ८१ हजार ३ सय  (भ्याटसहित) मा पाँच वर्षका लागि जिम्मा दिइ सकिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन