one
विज्ञापन

विद्यार्थीहरुको शीप, दक्षता र कौशलको आधारमा +२ मा होटल म्यानेमेन्ट गर्नेलाई इन्टर्नसँगै ‘लर्न एण्ड अर्न’ अवधारणा अगाडि बढाइएको होलिल्याण्ड इन्टरनेशनल कलेज धरान –१०

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान धरान उपमहानगरपालिका–१० मा अवस्थित होलिल्याण्ड इन्टरनेशनल कलेजले विद्यार्थीहरूको शैक्षिक गुणस्तरसँगै व्यवसायी बनाउने अभियानलाई अगाडि बढाएको छ । कलेजले होटल म्यानेजमन्टमा अध्ययनरत विद्यार्थीहरुलाई इटहरीको सोल्टी होटलमा कामको अससर प्रदान गर्दै ‘लर्न एण्ड अर्नको नीति अवलम्बन गरेको छ ।

होटल सोल्टी एण्ड रिसोट इटहरीका कलस्टर टाइरेक्टर रुपेश श्रेष्ठका अनुसार विद्यार्थीहरुको शीप, दक्षता र कौशलको आधारमा +२ मा होटल म्यानेमेन्ट गर्नेलाई इन्टर्नसँगै ‘लर्न एण्ड अर्न’ अवधारणा अगाडि बढाइएको बताए । उनले दृष्टिकोण, व्यवहारिक सोच र मनोवृत्तिमा विद्यार्थीहरुलाई सबल बनाउदै स्वरोजगार बनाउन इटहरीस्थित होटल सोल्टी उण्ड रिसोटमा कामसँगै कमाउने अवसर प्रदान गनृका लागी होलील्याण्ड कलेज र होटल सोल्टी एण्ड रिसोट बीच समझौता भएको बताए ।

कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले आर्थीक अभावका कारण अध्यन गर्न नपाइरहेका विद्यार्थीको लागी अध्यन संगै काम पनि गर भन्ने कलेजको अवधारणाले अभिभावकहरुलाई आर्थीक रुपमा ठुलो सहयोग पुग्ने बताए । गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउन व्यवस्थापन प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
कलेजमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षण पद्धतिअनुसार प्रयोगात्मक तथा सीपमूलक सिकाइमा जोड दिइँदै आएको छ । अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, प्रविधिमैत्री कक्षा तथा दक्ष शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कलेजको दाबी छ ।

साथै होलील्याण्ड स्कूलका प्रिन्सिपल राजकुमार लिम्बुले संस्थिाले स्कूल स्तरमै केवल परीक्षामा उत्तीर्ण गराउनु मात्र नभई विद्यार्थीलाई जीवनोपयोगी, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्नु रहेको बताए । विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पाठ्यक्रमसँगै अघि बढाइएको उनको भनाइ छ । अनुभवी शिक्षक शिक्षिकाद्वारा कक्षा सञ्चालन गरिने भएकोले यहाँको शिक्षा गुणस्तरीय रहेको बताए ।
कलेजले भविष्यमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आफ्ना कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने क्रममा पछिल्लो समय ‘अर्न एण्ड लर्न’ को अवधारणलाई अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन