one
विज्ञापन

धरानमा पहिलो रात्रिकालिन महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै.......

Article Image
Article Image

धरान–१९ स्थित D19 क्लबले पहिलोपटक ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ आयोजना गर्ने पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।
धरान–१६ स्थित धरान रंगशालामा २०८३ कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म रात्रिकालिन प्रतियोगिता सञ्चालन हुने ,
महिला फुटबलको विकास,स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र खेलाडीलाई व्यावसायिक फुटबलतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा ए पि एफ क्लब काठमाडैां,नेपाल आर्मी क्लब काठमाण्डैां,नेपाल पुलिस क्लब काठमाण्डैां,आक्वा फुटबल क्लब झारखण्ड भारत,बागमती फुटबल क्लब,काँकडभिट्टा महिला फुटबल क्लब,उदयपुर फुटबल क्लब र स्वर्णिम फुटबल क्लब धरान सहित ८ टोलीको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ यस्तै कप तथा मेडलसमेत प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ। बेस्ट किपर,बेस्ट डिफेन्स,बेस्ट मिडफिल्ड, बेस्ट फरवार्ड,बेस्ट कोच,सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई विधागत रूपमा पुरस्कृत गरिनेछ। प्रत्येक विधाका लागि १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था , उत्कृष्ट खेलाडीका लागि ईभी स्कुटर प्रदान गर्ने व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय तह, प्रदेश सरकार, विभिन्न संघसंस्था, व्यवसायी, खेलप्रेमी तथा शुभेच्छुकबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन