one
विज्ञापन

हिलो तथा धमिलो पानी आउन थालेपछि वडा नं. ११ र १७ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू धरान खानेपानी व्यवस्थापन बोर्डमा पुगेर तत्काल समस्या समाधानको माग

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरानमा वर्षौंदेखि दोहोरिँदै आएको खानेपानी संकटले पुनः उग्र रूप लिएको छ । हिउँदमा धारामा पानी नआउने र बर्खामा हिलो तथा धमिलो पानी आउन थालेपछि वडा नं. ११ र १७ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू बुधबार धरान खानेपानी व्यवस्थापन बोर्डमा पुगेर तत्काल समस्या समाधानको माग गरेका छन् ।

टोलबासीका अनुसार वडा नं. ११ का ६ वटा तथा वडा नं. १७ का ५ वटा टोल प्रत्यक्ष रूपमा प्रभावित भएका छन ्। वर्षायाम सुरु भएसँगै कतिपय स्थानमा पानी नै नआउने र आएको पानीसमेत पहेँलो तथा धमिलो हुने समस्या बढेको उनीहरूको गुनासो छ ।
स्थानीयवासीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि खानेपानी बोर्डले समस्या समाधानमा गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।
टिएलओ दबाब समूहका अध्यक्ष उमेश राईले खानेपानीको समस्या अब असह्य भइसकेको बताउनुभयो । यस विषयमा बोर्डलाई पटक पटक जानकारी गराउँदा समेत बोर्डले वेवास्ता गरेको बार्डमै पुगेर कार्यकारी निर्देशक समक्ष गुनासो पोख्नुभयो ।

संयुक्त टोल विकास समितिका अध्यक्ष बालकुमार राईले वडा नं. १७ का धेरै टोलमा पाइपलाइन जीर्ण बन्दा पानी आपूर्तिमा समस्या बढेको बताउनुभयो । उहाँले केही समय अगाडि बोर्डका कर्मचारीहरु त्यस क्षेत्रमा आएर अनुगमन गर्दा धमिलो पानीका विषयमा जानकारी गराउँदा कर्मचारीहरुले रुखो व्यवहार गरेको बताउनुभयो ।

रिटिङ टोल सुधार समितिकी सदस्य सोमा परियारले केही समय अगाडि बोर्डका कर्मचारीहरु अनुगमनमा जाँदा राम्रोसँग अनुगमन नगरी झारा टारेर फर्किने काम मात्र गरेको बताउनुभयो ।

टोल विकास संस्थाका प्रतिनिधिहरूले खानेपानीलाई नागरिकको मौलिक अधिकार भएको स्मरण गराउँदै शुल्क तिरेर पनि दूषित पानी उपभोग गर्न बाध्य बनाइनु गम्भीर लापरवाही भएको बताएका छन्। उनीहरूले तत्काल मुहान संरक्षण, पाइपलाइन मर्मत तथा प्रभावकारी पानी प्रशोधन प्रणाली सञ्चालन गर्न माग गरेका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पाख्रेलले वर्षायाममा सर्दु र खर्दु खोलामा आउने बाढीका कारण पानीको स्रोत अत्यधिक धमिलो हुने गरेको बताउनुभयो । थै भूमिगत ट्युबवेलमा समेत माटो मिसिने प्राविधिक समस्या रहेको उहाँको भनाइ छ ।
उहाँले विगतमा सञ्चालन भएको एसियाली विकास बैंक सहयोगको खानेपानी आयोजनाको केही वितरण प्रणालीमा सुधार गर्न बाँकी रहेको स्वीकार गर्दै कर्मचारीले गरेको दुव्र्यहारप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

खानेपानीको समस्या धरानका लागि नयाँ विषय होइन । हरेक वर्ष हिउँदमा पानी अभाव र बर्खामा दूषित पानीको समस्या दोहोरिने गरेको छ । यसपटक भने टोलबासीहरू प्रत्यक्ष रूपमा बोर्ड कार्यालय पुगेर दबाब दिन थालेपछि खानेपानी व्यवस्थापनको दीर्घकालीन रणनीतिमाथि पुनः प्रश्न उठेको छ । धरानवासी अहिले आश्वासन मात्र नभई शुद्ध र नियमित खानेपानी आपूर्तिमा बोर्ड गम्भीर हुदै समस्याको समाधान गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन