विराटनगर, असार ११ गते
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त
समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी
कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श÷जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी
प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त
प्रहरी टोलीले लागू औषधमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । पक्राउ
परेकाहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम
गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १२६६ क्याप्सुल, ४ थान मोटरसाइकल,
२ थान अटो, नगद १३ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको छ ।
.........................................................................................................
..............................................
चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध
नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका–५ का भरत
मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, नगद १३ हजार २ सय ६० रुपैयाँ, प्र
१–०१–००२ह ७८५६ नम्बरको टेम्पो सहित, प्रहरी चौकी टाघनडुब्बाले कमल
गाउँपालिका–७ का सनम धिमाल, कमल–६ का प्रदिप दास र हल्दिबारी
गाउँपालिका–३ का १५ वर्षीय प्रितम तामाङलाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन
सुगर र प्र १–०१–०१२ प ६३७९ नम्बरको मोटरसाईकल सहित, इलाका प्रहरी
कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले
इलाम सूर्योदय नगरपालिका–११ का रनधिर प्रधानलाई १ ग्राम २७० मिलिग्राम
ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका–३ का सुनिल पासवान र उदय
पासवानलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी मोरङ तथा लागू औषध नियन्त्रण ब्युरो
विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१७ का अरमान
मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, लेटाङ नगरपालिका–३ का
मनकुमार मगर र हर्क बहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगर
सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकली सुनसरीले रामधुनी नगरपालिका–७ का शिशिर
गुरागाई र इटहरी उप–महानगरपालिका–१६ बस्ने बिमल लम्साललाई १ ग्राम
७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु, को.२७ प ९४३३ नम्बरको
मोटरसाइकल सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी
टोलीले बराहक्षेत्र नगरपालिका–१ का राजन राई, सुमन राई, अभिषेक भुजेल,
सन्देश राई, बेलका नगरपालिका–४ का रबिन राई, आयुषा राईलाई २६ ग्राम
७०० मिलिग्राम ब्राउन सुगर, प्रदेश १–०२–०४६ प ९०५४, स ११ प ४१४०
नम्बरको मोटरसाइकल र को २ ह ८९९२ नम्बरको अटो सहित र प्रहरी चौकी
मधुवनले बराहक्षेत्र नगरपालिका–११ स्थितबाट बोरामा बेवारिसे अवस्थामा रहेको
६२ किलोग्राम गाँजा बरामद गरेको छ ।
त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह
(एक्ष्त्) र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका–
९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १२६६
क्याप्सुल सहित पक्राउ गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।