विराटनगर,
झापा र सुनसरीबाट भदौ २९ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का२८ बर्षीय बिजय राजबंशीलाई शंका लागि चेकजाँच गर्दा ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुरले भारतबाट नेपाल तर्फ आउँदै गरेका जिल्ला झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजारका २२ बर्षिय कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मुसहरीटोल स्थितबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१७ का २७ बर्षिय हेम राईले चलाएको को.३१ प ८८८५ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा सोही स्कुटरमा पछाडी सवार सोही स्थानका ४४ बर्षिय जय बहादुर खड्गीको साथबाट १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटी सहित निजहरुलाई नियन्त्रणमा लिईएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरि सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामानहरू नियन्त्रणमा लिएको छ । भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-२ स्थितमा यात्रुबाहक म्याजिकलाई चेकजाँच गर्दा भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू.१,६९,२००।– (एक लाख उन्नसत्तरी हजार दुई सय रुपैँया) बराबरको लत्ता कपडाहरू, अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू. ४५,०००।– (पैतालिस हजार रुपैँया) बराबरको लत्ता कपडाहरू र इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-३ स्थितबाट भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू. ३१,२०० /- (एकतिस हजार दुई सय रुपैँया) बराबरको लत्ता कपडाहरू र अ.म.रु. १०,०००। (दस हजार रुपैया) बराबरको चिनी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।