विराटनगर,
झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ८ जनालाई पक्राउ गरिएको छ । कार्तिक १२ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाले चेकजाँचको क्रममा मिक्लाजुङ गाउँपालिका- ७ का कुशल दाहाल र शिवसताक्षी नगरपालिका- ८ का सन्तोष सार्कीलाई ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी प्रहरी चौकी इटहराले उर्लाबारी-९ का प्रताप बिश्वकर्मलाई २० ग्राम गाँजा सहित र झापा दमक- ४ का सुमन सुवेदीलाई ट्रामाडोल- ६६ क्याप्सुल र स्पास्पेन ८६ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका- ४ का संजय चौधरीलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित, धनकुटाको प्रहरी चौकी हिलेले धनकुटा नगरपालिका-१ का शिसिर बस्नेत र पाख्रीबास नगरपालिका- ५ का सुरज तामाङलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका- ४ का डम्बर इवा लिम्बुलाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरेको छ ।त्यसैगरि सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ५ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा र एउटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति करिब १२ः४५ बजे देवानगञ्ज गाउँपालिका–७ तिनमुहानमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकललाई देखेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकले भन्सार छली गरी ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले अन्दाजी ५ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको जनाएको छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।