धरान । शान्तिलता राजेन्द्रबहादुर थापा (सारा) स्मृति प्रतिष्ठानले पुरस्कार, सम्मान तथा सहयोग कार्यक्रममा धरानका अग्रज समाजसेवी तथा पूर्व प्रधानपञ्च श्यामगोविन्द श्रेष्ठ , शिक्षा क्षेत्रमा योगदान पु¥याएका डा. इन्द्रमोहन झा लाई सम्मान साथै धरान उपमहानगरपालिकाका सरसफाइ कर्मी महिलाहरूलाई सहयोग प्रदान गरेको छ ।
सिद्धी नेवाः परिषद् हलमा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. राजेन्द्र शर्माले प्रतिष्ठानले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको बताए । उनले संस्थापक वीरेन्द्रसिंह थापाले आफ्ना माता–पिताको स्मृतिलाई समाज सेवा मार्फत जीवन्त बनाएको उल्लेख गर्दै ‘हाम्रो धरान ः हाम्रो गौरव’ शीर्षकमा लेखिएका १३ वटै निबन्ध प्रकाशन गरी धरान वासीसम्म पु¥याउन सुझाव दिनु भयो ।
त्यसैगरी धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले धरानलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न श्यामगोविन्द श्रेष्ठलगायत अग्रजहरूको योगदान अतुलनीय रहेको बताए । उनले धरानको इतिहास, शिक्षा र सामाजिक विकासमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्नु आफैंमा प्रशंसनीय कार्य भएको उल्लेख गरनु भयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले धरानका सबै समुदाय र नागरिक एउटै परिवार भएको उल्लेख गर्दै नगरको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई सकारात्मक प्रेरणा दिने उद्देश्यले प्रतिष्ठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।
निबन्ध प्रतियो्गितामा प्रथम हुने पब्लिक हाइस्कुल धरान १२ मा अध्ययनरत छात्रा गुन्जन लुइँटेल, दोस्रो हुने् विजयपुर माध्यामिक विद्यालयमा अध्ययनरत रविस्तार सेन, तृतीय हुने ज्ञानोदय माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत सागर तामाङ र सान्त्वना पुरस्कार प्राप्त गर्नुहुने युएन नवोदय विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा सिम्रन गुरुङलाई क्रमश ः ५ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान समेत गरिएको् थियो । जेसीजले विभिन्न कार्यक्रम गर्नका लागि धरान–३ मा चन्द्रपुर डबली निर्माण गरेको थियो यसलाई पनि सहयोग गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।