धरान, । सरकारले निजी स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेपछि पूर्वी नेपालको प्रमुख उपचार केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ । बिरामीको चाप उच्च भएसँगै प्रतिष्ठान परिसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव देखिएको छ । यही संकटलाई सम्बोधन गर्न धरान जेसिस ले ‘जेसिस सप्ताह २०२६’ अन्तर्गत विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बिरामीको संख्या बढेसँगै प्रतिष्ठानमा चुनौतीका रूपमा रगत अभाव देखिएको छ । विशेषगरी आकस्मिक शल्यक्रिया, दुर्घटनाका घाइते, प्रसूति सेवा तथा क्यान्सर उपचारका बिरामीहरूका लागि आवश्यक रगतको माग तीव्र रूपमा बढेको छ । रक्त सञ्चार केन्द्रका अनुसार दैनिक ५० देखि ८० पिन्टसम्म रगतको माग रहेको छ । तर नियमित रक्तदान कार्यक्रमहरू प्रभावित हुँदा आवश्यक परिमाणमा रगत संकलन हुन सकेको छैन ।
रक्त सञ्चार केन्द्रले हाल रगतको मौज्दात अत्यन्त न्यून स्तरमा पुगेको जनाएको छ । केन्द्रका अनुसार केही अवस्थामा बिरामीका आफन्तहरूले आवश्यक रगत खोज्न कठिनाइ भोग्नुपरेको छ भने आकस्मिक उपचारमा समेत चुनौती थपिएको छ ।
जेसिस सप्ताहको उदाटनसँगै स्वर्गीय सुवास चन्द्र सिंहको स्मृतिमा तथा विश्व रक्तदाता दिवसको अवसर पारेर धरान–३ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित रक्तदान कार्यक्रममा युवाहरू, जेसिस सदस्यहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
वर्तमान अवस्थामा रगतको माग पूर्ति गर्न सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, व्यवसायिक संगठन तथा युवाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको केन्द्रको भनाई छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन रगतको पर्याप्त मौज्दात कायम राख्न सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको भन्दै केन्द्रले रक्तदान गर्न आवहान समेत गरेको छ । बीपी प्रतिष्ठानमा बिरामीको बढ्दो चाप र रगतको अभावले स्वास्थ्य सेवामा थप चुनौती सिर्जना गरिरहेको अवस्थामा धरान जेसिसको रक्तदान अभियानले तत्काल राहत पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।