one
विज्ञापन

फिलिपिन्सको दक्षिणी भेगमा रहेको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको भूकम्प

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

सोमबार स्थानीय समय अनुसार बिहान ०७ बजेर ३७ मिनटमा फिलिपिन्सको दक्षिणी भेगमा रहेको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि त्याहाँका स्थानीय अधिकारीहरूले गरेको छ ।
भूकम्पले ठुलो जनधनको क्षति भएको आँकलन गरिए पनि विवरण आइसकेको छैन ।
भूकम्पपछि बिभिन्न देशहरु ज्स्तै फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो । बीबीसीले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै साउथ कोटाबाटो, सुल्तान कुदारात, सारङ्गानीजस्ता धेरै प्रान्तहरू र सान्तोस सहरमा कम्तीमा १३४ जना घाइते भएको उल्लेख गरेको छ।
फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्धार कार्यमा प्रहरी, स्थानीय अधिकारी र विभिन्‍न संस्थाहरू जुटिरहेका छन् । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै निकायले पिडितहरुका लागि राहत तथा साथ सहयोग गरिररहेको बताए ।
सार्वजनिक भिडियोहरुमा विभिन्‍न भवनहरु ढलेका देखिन्छन् । पहिलो भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३० भन्दा बढी परकम्पहरू मापन गरिएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन