one
विज्ञापन

देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघमा नयाँ नेतृत्व

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

जेठ २४ । केके मानन्धर ।
देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघले नयाँ नेतृत्व चयन गरेको छ । २०१० माघ १० गते स्थापना भएको संघले ३५औँ र ३६औँ साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्दै कार्यकारिणी समिति पुनर्गठन गरेको हो । देशभरका विभिन्न ठाउँलाई प्रतिनिधित्व गरी संघको प्रतिनिधि सभामा सहभागी भएका मध्येबाट १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । थप दुई जना मनोनित सदस्य, एक–एक जना सभापति र निवर्तमान सभापति, एक जना न्हेसः नायः गरी १७ सदस्यीय कार्यकारिणी समिति गठन गर्ने व्यवस्था रहेको छ ।
संघको विधान बमोजिम प्रतिनिधि सभाबाट निर्वाचित मध्येबाट चार वर्षे कार्यकालका लागि पदाधिकारी तथा सदस्य छनोट गर्छन् । उपसभापति, सचिव, कोषाध्यक्ष, दुई जना सहायक सचिव, एक जना सहायक कोषाध्यक्ष तथा अन्य सदस्यहरूको चयन प्रक्रिया कार्यकारिणी सदस्यहरूबीच गोप्य मतदानको आधारले गर्ने प्रावधान रहेको छ । सभापतिको कार्यावधि २ वर्षको लागि हुन्छ । न्हेसः नायः संघको कार्यसमितिमा परम्परागत शैलीको वंशानुगत आधार (बाजेपछि बुवा र बुवा पछि छोरा र नाति)मा सदाबहार पदेन हुन्छन् । यसपटक सभापति पदको निर्वाचन भने प्राविधिक कारणले रद्द भएको निर्वाचन समितिले जनाएको छ ।
संघले देशभरका मानन्धर समुदायका विभिन्न खलः, पुचः, गुठी, टोल तथा संस्थाबाट प्रतिनिधित्व सुनिश्चित गर्दै आएको छ । पूर्वी नेपालको धरानदेखि पश्चिमको नेपालगञ्जसम्म सघन रुपमा बसोबास गर्दैआएका मानन्धरहरुलाई सम्मिलित गराएर शाखा बिस्तार गरेको छ ।
काठमाडौंको मरूहिटी बैंक्वेटमा सम्पन्न भएको महाधिवेशनमा थँहिटी टोलबाट प्रतिनिधित्व गरेका ८८ वर्षिया नारायणदास मानन्धरले अध्यक्षता गरेका थिए । कार्यक्रममा संघका पदाधिकारीहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
डा. पञ्चकुमारी मानन्धरको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रूपमा चयन गरेका १२ जना कार्यकारिणी सदस्यहरु तपसिल छन् ।
१) सन्देश मानन्धर (दैसाः टोल मानन्धर समाज, काठमाडौं) ।
२) कृष्णकाजी मानन्धर (सिवा साय्मि खलः मध्यपुर थिमि) ।
३) राजेन्द्र मानन्धर (मच्छेगाउँ मानन्धर गुठी, चन्द्रगिरि नगरपालिका) ।
४) गजेन्द्रप्रसाद मानन्धर (धालासिक्व मानन्धर सनाःगु खलः, काठमाडौं) ।
५) बुद्ध मानन्धर (फर्पिङ मानन्धर गुठी, दक्षिणकाली नगरपालिका) ।
६) तुलसीकाजी मानन्धर (साःक्वलां शिलाचःह्रे गुठी, भक्तपुर) ।
७) विश्वराम मानन्धर (जापाली गुठी, बनेपा) ।
८) राजन मानन्धर (पाक्व पुखूद्यां सनाः खलः, काठमाडौं) ।
९) जगदीश मानन्धर (भिंद्यः गुठी कालिमाटी, काठमाडौं) ।
१०) कृष्णबहादुर मानन्धर (मानन्धर सानाःगू खलः न्हूसाः, काठमाडौं) ।
११) रमेश मानन्धर (श्रीपञ्चमी मानन्धर गुठी, कीर्तिपुर) ।
१२) रोशन मानन्धर ( थँहिटी मानन्धर गुठी, काठमाडौं) ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन