one
विज्ञापन

भेडेटार...........अचाक्ली गर्मी छल्न पर्यटकको चहलपहल

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् ।
केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
तराईको प्रचण्ड गर्मीका समयमा पनि यस ठाउँमा चिसो वातावरणमा पर्यटक रमाउन पाउँछन् । छिनमा घाम लाग्ने र छिनमा बादलले ढाक्ने यसको विशेषता भएकै कारण नजिकको दूरीमा प्रकृतिले दिएको अनुपम उपहारमा रम्न र यस ठाउको पर्यटकीय गन्तव्य स्थलमा घुम्नका लागि नेपाल लगायत भारतबाट पर्यटतक आउने गरेका छन् ।
यहाँ नेपालका विभिन्न स्थानसहित भारतको बिहार राज्यका फारबिसगञ्ज, पूर्णिया, कटिहार, हर्दिया लगायतका क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक भेडेटार पुग्ने गरेका छन् । विशेष गरी भारतमा शनिवार र आइतबार दुई दिन विदा हुने भएकोले पनि यी दुई दिन त थामीनसक्नु भीड हुने गरेको छ ।
विराटनगरको प्रचण्ड गर्मी छल्न र भेडेटारको वातावरणसँग रम्नकै लागि भेडेटार पुगेका पर्यटकहरु छोटो दूरीमा गर्मी छल्ने उपयुक्त स्थान भएको बताउछन् ।
तराईमा प्रचण्ड गर्मी हुनासाथ तराइबासीको पहिलो रोजाइ भेडेटार नै हुने गरेको छ । यहाँको मौसम, हरियाली र शान्त वातावरणले बारम्बार आउन मन लाग्ने पर्यटकहरु बताउँछन् ।
साँगुरीगढी गाउँपालिकाले समेत यस क्षेत्रलाई साहसिक तथा ग्रामीण पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले भेडेटार–साँगुरीगढी क्षेत्रलाई पदमार्गमार्फत जोड्ने, बीच–बीचमा होमस्टे विकास गर्ने र स्थानीय संस्कृति तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजनालाई अगाडि बढाएकै कारण यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि भएको हो
पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, स्थानीय संस्कृतिको आत्मीयता र चिसो मौसमको सम्मिश्रणले भेडेटार आउने पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेशले समेत भेडेटारलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको सूचिमा राखेको छ ।..

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन