one
विज्ञापन

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ साथै लागू औषध सहित १२ जना पक्राउ

झापा, जेठ ६ गते ।
झापाको हल्दिबारी गाउँपालिका–५ की ३३ वर्षीया उर्मिला भण्डारीलाई हत्या गरेको आरोपमा उनकै श्रीमान ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते राती घरायसी बादबिवादको क्रममा गोकर्ण भण्डारीले श्रीमतीको टाउकोमा बाम्फोक प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न श्रीमानलाई घटनामा प्रयोग भएको बाम्फोक सहित नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाबाट आवश्यक कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको छ ।

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्क अनारमनीले सोही स्थानका रोहित श्रेष्ठ र सुनिल दासलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका–९ का सौगात बस्नेत र पाचँथर जिल्ला हिलिहाङ गाउँपालिका–३ का आमिङ योङहाङलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका–३ स्थितबाट सोही स्थानका चन्द्र बहादुर पौडेललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका–४ का देव कुमार राईलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नेपालटारले सिरहा जिल्ला लहान नगरपालिका– १७ की लिलादेवी राम र लहान नगरपालिका– ८ की अस्मिता रामलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेक छ । क्भभ भिकक

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन