one
विज्ञापन

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २०६औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस भव्यतापूर्वक मनाए

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

नर्सिङ्ग सेवाकी जननी तथा लेडी वीथ द ल्याम्पका उपनामले विश्व प्रसिद्ध फलोरेन्स नाइटिङ्गेलको जन्मदिन (अंग्रेजी महिनाको मे १२) का अवसरमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस प्रतिष्ठानमा पनि विभिन्न कार्यक्रमहरु गर्दै भव्यताका साथ मनाएको छ । धरान उपमहानगरपालिकाका कार्य बाहक मेयर श्री आइन्द्र बिक्रम बेघाज्यूको प्रमुख आतिथ्य, प्रतिष्ठानका निमित्त कार्यलय प्रमुख डा. इन्द्र कुमार लिम्बूज्यूको विशिष्ट आतिथ्य, चिफ, कलेज अफ नर्सिङ्ग प्रा.डा. रमानन्द चौधरीज्यूको आतिथ्य तथा NAN (Nursing Association of Nepal), BPKIHS Unit की अध्यक्ष एवम् प्रतिष्ठानकी मेट्रोन श्री कला थापाज्यूको अध्यक्षतामा प्रतिष्ठानको दशहरा हलमा मे १२, २०२६ तद्नुसार २०८३ बैशाख २९ गते सम्पन्न उक्त २०६औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको यस वर्षको नारा Our Nurses. Our Future. Empowered Nurses Save Lives. रहेको थियो ।
प्रतिष्ठानको आयोजना तथा कलेज अफ नर्सिङ्ग, नर्सिङ्ग सेवा प्रशासन लगायत NAN, BPKIHS Unit को संयुक्त तत्वावधानमा सम्पन्न उक्त कार्यक्रममा का.मु. डेपुटी रजिष्ट्रार श्री सागर ताम्राकारज्यू, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ लगायत विभिन्न विभागका विभागीय प्रमुखहरु, महाशाखारशाखा प्रमुखहरु, वार्ड इन्चार्जहरु, शिक्षक र चिकित्सकहरु, कर्मचारीहरु, विद्यार्थीहरु, प्रतिष्ठानबाट अवकास प्राप्त भई सक्नुभएका वरिष्ठ नर्सिङ्ग कर्मचारीहरु, आमन्त्रित स्थानिय महानुभावहरु, धरान उपमहानगरपालिकाका नर्सिघ कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरु तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन श्री सालु पराजुली तथा श्री संजिता चौधरीले गर्नुभएको थियो ।
प्रतिष्ठानको दशहरा हलमा राष्ट्रिय गान, सरस्वती बन्दना हुँदै विशिष्ट अतिथि डा. लिम्बूज्यूबाट दिप प्रज्ज्वलन गरी प्mलोरेन्स नाइटिङ्गेलको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । तत्पश्चात्, मेट्रोन थापाज्यूले स्वागत मन्तव्य सहित नर्सिङ्ग पेशाको महत्वका बारेमा प्रकाश पार्दै कार्यक्रमलाई अगाडी बढाउनु भएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा अतिथिज्यूहरुले नर्सिङ्ग पेशामा आबद्ध सम्पुर्णलाई शुभकामना दिनुभयो भने प्रतिष्ठानमा नर्सहरुले पु¥याउँदै आएको सेवा प्रशंसनिय रहेको बताउँदै सो का लागि धन्यवाद समेत दिनु भयो । यसैक्रममा का.बा. मेयर श्री बेघाज्यूले प्रतिष्ठानमा कार्यरत करिब आठसय नर्सहरुले बिरामी सेवामा अहोरात्र खटिएर देखाउनु भएको समर्पणबाट आफु सधै प्रभावित रहँदै आएको बारे मन्तव्यको क्रममा बताउनु भयो । प्रतिष्ठान धरानकै गहना भएको र यसको उन्नती र प्रगतीका लागि धरान उपमहानगरपालीका सदैव लागि रहेको र आगामी वर्ष प्रतिष्ठानलाई रु. ५० लाख बराबरको सहयोग गर्ने योजना रहेको समेत वहाँले बताउनु भयो ।
कार्यक्रममा प्रतिष्ठानमा कार्यरत २० वर्ष वा सो भन्दा माथि नर्सिङ्ग सेवा अवधी पुरा गरिसक्नु भएकी श्री शुसिला कुमारी शाह, श्री लक्ष्मी तामाङ्ग, श्री समिरा कुमारी सिंह, श्री सुजाता राई, श्री कुमारी रुबी देव, श्री लक्ष्मी श्रेष्ठ, श्री पिंकी कुमारी, श्री रिता कुमारी रिजाल गरी आठजना नर्सिङ्ग कर्मचारीहरुलाई कदर स्वरुप सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी भर्खरै नेपाल सरकारबाट प्रतिष्ठानको कार्यलय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका डा. इन्द्र कुमार लिम्बूज्यू र कर्मचारी कल्याण समाजका नवनिर्वाचित अध्यक्ष श्री संजिव कुमार कर्णलाई बधाईपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष श्री कविता ढकाललाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसै सिलसिलामा भूतपूर्व मेट्रोनहरु प्रा. रमानन्द चौधरी, प्रा. गयानन्द मण्डल, प्रा. उपेन्द्र यादव, श्री गायत्री राई तथा श्री हरि कुमारी राईलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने भूतपूर्व चिफ, कलेज अफ नर्सिङ्गहरु प्रा. पुष्पा पराजुली, प्रा. समी लामा, प्रा.डा. रामशरण मेहेता, प्रा. मंगला श्रेष्ठ, प्रा. अंगुर बढु, प्रा.डा. तारा शाह तथा प्रा. निर्मला पोखरेललाई प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त प्रमाणपत्रहरु का.बा. मेयर बेघाज्यू, निमित्त कार्यलय प्रमुख डा. लिम्बूज्यू, चिफ, कलेज अफ नर्सिङ्ग प्रा. चौधरीज्यू तथा मेट्रोन थापाज्यूबाट प्रदान गरिएको थियो भने उक्त प्रमाणपत्रहरु नर्सिङ्ग कर्मचारी श्री सकुन रसाइलीले डायसबाट वाचन गरेर सुनाउनु भएको थियो ।
कार्यक्रममा नर्सिङ्ग संकायका विद्यार्थीहरु तथा नर्सिङ्ग कर्मचारीहरुले गित, नृत्य, कविताहरु जस्ता साँस्कृतीक तथा मनोञ्जनात्मक प्रस्तुतीहरु पस्किएर कार्यक्रमलाई भव्य बनाउन मद्दत पु¥याएका थिए । यसका साथै कार्यक्रममा रक्तदान जस्तो जिवनोपयोगी कार्यक्रम समेत गरी ३० पिन्ट रगत संकलन गरिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन