one
विज्ञापन

लागू औषध गाँजा बोकेको एम्बुलेन्स सहित २ जना पक्राउ र प्रतिबन्धित लागू औषध सहित २ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान- ५ स्थितबाट प्रतिबन्धित लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते राती विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १२०० क्याप्सुल र स्पास्पेन १३५० ट्याब्लेट सहित बेचबिखानमा संलग्न सोहि स्थानका हरी बहादुर विश्वकर्मा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन