जिल्ला मोरङ बिराटनगर मनपा- ४ स्थित विराटनगर एयरपोर्टमा विराटनगरबाट काठमाण्डौ जाने यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा मिति २०८३।०१।१८ गते बेलुका अन्दाजी २०:०० बजेको समयमा बुद्ध एयरको उडानद्वारा बिराटनगरबाट काठमाण्डौ जान लगेका यात्रु जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष ३५ को दिलीप तामाङलाई निजले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली नगद रु. ११,००,०००/- (एघार लाख) र मिती २०८३।०१।१९ गते अन्दाजी १५:३५ बजेको समयमा श्रीयएरको उडानद्वारा बिराटनगरबाट काठमांडौ जान लागेक यात्रु देश भारत जिल्ला माल्दा सुजा गंज सिंधा चन्चला बस्ने बर्ष ३६ को मोहिदिल अलिले बोकेको ब्यागमा नेपाली नगद रु.१५,९८,०००।-(पन्ध्र लाख अन्ठानब्वे हजार) स्रोत नखुलेको रकम फेला परेकोले निजहरु दुवैजनालाई जम्मा नगद रू.२६,९८,०००।– (छब्बिस लाख अन्ठानब्बे हजार ) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको ।लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ र झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर-१३ का रोहन राजबंशी, मेचीनगर -९ का मनिष उप्रेती र मेचीनगर-६ का मिलन कार्कीलाई ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र सर्लाही लालबन्दी नगरपालिका-२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र शिवसताक्षी नगरपालिका-७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका-२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भण्टाबारी सुनसरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ का श्याम कुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।