one
विज्ञापन

२५७० औँ बुद्ध जयन्ति

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५७० औँ बुद्ध जयन्ति गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरणमा विविध कार्यक्रमका साथ मनाइरहेका छन् । यसै अवसरमा धरानमा पनि हर्षोल्लासपूर्ण वातावरणमा बुद्ध जयन्ति मनाइएको छ ।

धरान उपमहानगरपालिका–८ स्थित ऐतिहासिक बौद्ध विहारसहित विभिन्न गुम्बाहरूले बिहानै नगर परिक्रमा गर्दै शान्ति ¥याली आयोजना गरेका थिए । ¥यालीमा सहभागीहरूले “ॐ मणि पद्मे हुँ” मन्त्र उच्चारण गर्दै शान्ति, सद्भाव र अहिंसाको सन्देश फैलाएका थिए ।
¥यालीपश्चात् बौद्ध विहारमा आयोजित विशेष पूजाआजा तथा धार्मिक सभामा बौद्ध धर्म अभियन्ता निलकुमारी स्थापितले बुद्धका शिक्षाहरू आजको अशान्त विश्वमा झनै सान्दर्भिक बनेको बताइन । उनले दया, करुणा र अहिंसालाई व्यवहारमा उतार्न सके मात्र बुद्ध जयन्तिको सार्थकता रहने धारणा व्यक्त गरिन । बौद्ध विहारमा समय समयमा विभिन्न कार्यक्रमसहित बुद्धले दिएको सन्देशलाई सबैलाई बुझाउदै आउने गरेको समेत स्पष्ट पारे ।

त्यसैगरी भिक्षु आनन्दले विश्वभर बढ्दो द्वन्द्व र हिंसाबीच बुद्धका शान्ति सन्देशले मानवतालाई सही मार्ग देखाउन सक्ने उल्लेख गरे । धरानका विभिन्न जातजाति र भाषाभाषी समुदायले एकताबद्ध रूपमा पर्व मनाउनु साम्प्रदायिक सद्भावको उदाहरण भएको उनको भनाइ थियो । उनले सो अवसरमा बौद्ध शिक्षाको महत्वको विषयमा प्रष्ट पारे ।

कार्यक्रममा सहभागी श्रद्धालुहरूले विहारमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका थिए भने विभिन्न गुम्बाका गुरुहरूले विशेष धार्मिक पाठ गरेका थिए । आयोजकका अनुसार आज साँझ घर–घरमा दीपावली गरी बुद्ध जयन्ति मनाइनेछ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन