one
विज्ञापन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको सातौ अधिवेशन

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । राज्यले यातायात व्यवसायीलाई अपेक्षित सम्मान र सुरक्षा दिन नसकेको गुनासो गर्दै क्षेत्रलाई व्यवस्थित बनाउन एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको सातौ अधिवेशनका क्रममा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले यातायात व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले यातायात क्षेत्रमा योगदान पु¥याउने अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुले दिएको सुझाव र सल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै यातायात व्यवसायी तिलक राईले व्यवसायीहरूको हकहित संरक्षणका लागि महासंघलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले राज्यले यातायात व्यवसायीमाथि सधै नै विभद गर्दे आएको धारणा राख्दै एक जुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

धरानस्थित धरान किचनको सभाहलमा सम्पन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका यातायात व्यवसायीहरूहरुले व्यवसायीका समस्या, राज्यको भूमिका र आगामी चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।
यस्तै महासंघका कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले प्रस्तुत गरेको प्रतिवेदनमा रुट तथा भाडादर व्यवस्थापन, दुर्घटना न्यूनीकरण, आन्तरिक एकता सुदृढीकरण र दीर्घकालीन सुधारका योजनालाई प्राथमिकतामा राखिएको थियो । प्रतिवेदनअनुसार विगत एक दशकदेखि यातायात व्यवस्था विभाग सँगको सहकार्यमा लोकल रुटको भाडादर निर्धारण र कार्यान्वयन हुँदै आएको उल्लेख गरिएको छ । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग सहकार्यलाई निरन्तरता दिने योजना पनि अघि सारिएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संयोजकमा पुन ःसरोज श्रेष्ठलाई नै चयन गरिएको छ । यस्तै महासंघको सह–संयोजकमा टेकप्रसाद ढवाडी, सचिवमा नेत्रबहादुर थापा र कोषाध्यक्षमा हरि थापालाई जिम्मेवारी दिएको छ । सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाग्राम अर्याल, दिनेश फुयाँल, गोपाल बराल, कमलराज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओमभक्त मैनाली चयन हुनु भएको छ । वर्गीय सदस्यतर्फ मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णुप्रसाद दुलाल र इन्द्रबहादुर बस्नेत तथा महिला सदस्यमा मन्दिरा चौधरी चयन हुनु भएको छ ।
अधिवेशनकै अवसरमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेका संघ–समितिहरूलाई स्थगित गर्ने निर्णयविरुद्ध आन्दोलनका क्रममा सवारी साधन ग्यारेजमा थन्क्याउने अभियानमा सहभागी भई प्रहरी हिरासतमा परेका १० जना भन्दा बढी यातायात व्यवसायीहरुलाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा महासंघले सुरक्षित, भरपर्दो र व्यवस्थित यातायात सेवा आफ्नो मुख्य लक्ष्य रहेको बताउदै त्यसका लागि व्यवसायीहरूबीच एकता, समन्वय र दीर्घकालीन रणनीतिमा जोड दिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन