one
विज्ञापन

ताप्लेजुङ जिल्लाको आकाशमा अनौठो प्रकारको उज्यालो दृश्य देखियो

Article Image

ताप्लेजुङ जिल्लाको आकाशमा अनौठो प्रकारको उज्यालो दृश्य देखिएको स्थानीयवासीहरूले बताएका छन् । सिरिजङ्घा गाउँपालिका वडा नम्बर ४, तेल्लोक क्षेत्रबाट बेलुकी करिब ७ः२० बजे उक्त दृश्य देखिएको हो । दृश्य एक चमकदार भएको र चमक आकाशभरि फैलिएर भुईँसम्म त्यसको प्रकाश फैलिएको स्थानीयहरूले बताएका छन् । जस्का कारण स्थानीयहरूमा आश्चर्यचकित कौतुहल्ता बढेको छ ।
खंगोलविदका अनुसार यस प्रकारको दृश्य प्रायः गरि रकेट वा स्याटेलाइट प्रक्षेपणपछिको अवस्थासँग सम्बन्धित हुन सक्छ । रकेट प्रक्षेपणका क्रममा इन्जिनबाट निस्कने धुवाँ र ग्यास उच्च वायुमण्डलमा पुगेर तीव्र गतिमा फैलिने र पृथ्वीको सतहमा अन्धकार भइसकेको अवस्थामा पनि अत्यन्त उचाइमा रहेका ती ग्यासमा सूर्यको किरण परिरहने भएकाले आकाशमा पंखा वा कोनजस्तो फैलिएको चम्किलो आकृति देखिन सक्छ ।
यस्तो दृश्य विश्वका विभिन्न स्थानहरूमा रकेट प्रक्षेपणको समय आसपासमा देखिएको उदाहरणहरू समेत पाइन्छन् । त्यसैले तेल्लोक क्षेत्रमा देखिएको उक्त दृश्य पनि सम्भवतः त्यस्तै खालको उच्च वायुमण्डलीय प्रकाशीय प्रभाव हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन