धरान । शून्य समय आउन केही समय बाँकी रहँदा नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ ले समेत वृहत चुनावी सभाको आयोजना गरेको छ । धरान २ भानुचौकमा आयोजित कार्यक्रममा उमेद्वार सुजेन्द्र तामाङले लोकतन्त्रको बलियो आधार काँग्रेस भएकोले वहुमतले जिताउन मतदाता समक्ष आग्रह गर्नुभएको छ ।
‘बदलियो काँग्रेस, बदल्नेछौँ देश’ को नारासहित सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुजेन्द्र तामाङले बहुउद्देश्यीय विकासको महत्वाकांक्षी खाका सार्वजनिक गर्नुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वदायी भूमिकामा (सभापति) निर्वाचित भएपछि पार्टी पंक्तिमा देखिएको नयाँ ऊर्जा र रूपान्तरणको सन्देशलाई आधार बनाउँदै तामाङले सुनसरी–१ को समग्र विकास, पूर्वाधार विस्तार र लोकतन्त्रको सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउनुभएको हो ।
स्थानीय तहदेखि केन्द्रीय स्तरसम्मका नेताहरूकोे उपस्थितिमा भएकोे उक्त आमसभालाई काँग्रेसले शक्ति प्रदर्शन मात्र नभई नीतिगत स्पष्टता प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । वडा–वडामा भइरहेका भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रमले कार्यकर्तामा नयाँ उत्साह थपेको छ भने आमसभामार्फत पार्टीको दृष्टिकोण तल्लो तहसम्म पु¥याउने तयारी गरिएको छ ।
उम्मेदवार तामाङले मतदातासँगको संवादमा दीर्घकालीन र संरचनागत विकासलाई प्राथमिकता दिएको जनाउनु भएको छ । उहाँले यस क्षेत्रको जलस्रोत, यातायात र खानेपानी समस्यालाई एकीकृत रूपमा समाधान गर्न ‘धरान–तमोर–सेउती सुरुङ मार्ग बहुउद्देश्यीय आयोजना’ अघि सार्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँका अनुसार उक्त आयोजना सम्पन्न भएमा खानेपानी आपूर्ति, सिँचाइ विस्तार, यातायात सहजता र विद्युत् उत्पादनमार्फत क्षेत्रलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आधार तयार हुनेछ ।
संविधान र लोकतन्त्रको रक्षालाई अर्को प्रमुख एजेन्डा बनाउँदै तामाङले राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्ताको संरक्षणमा प्रतिबद्ध रहने बताउनुभयो । लामो संघर्षबाट प्राप्त संघीयता र गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा उतार्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले नेतृत्व चयनमा भावनात्मक प्रलोभन वा उत्तेजनाभन्दा नीति, क्षमता र जवाफदेहितालाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो । एक्काइसौँ शताब्दीका जनता सचेत छन्, जादुगर शैलीमा द्वेष र घृणा फैलाउने राजनीति अब स्वीकार्य हुँदैन, अनुभवी, कर्मठ र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने उहााको प्रतिबद्धता छ ।
विशेष महाधिवेशनपछि काँग्रेसमा देखिएको रूपान्तरणको सन्दर्भ जोड्दै नेताहरूले ‘बदलियो काँग्रेस, बदल्नेछौँ देश’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयास भइरहेको बताउनुभयो ्। परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर सुरुङ मार्ग, खानेपानी र सिँचाइ जस्ता यथार्थपरक विकास एजेन्डा अघि सार्नु पार्टीको नयाँ दिशाको संकेत भएको उहाको दाबी छ ।
हावाको पछाडि नलागी योग्यता र कार्यक्षमताका आधारमा नेतृत्व चयन गर्र्न पनि आम मतदातासमक्ष अपिल गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।