विश्वकै ठूलो सेवा–संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४७ औँ जन्मदिनको अवसरमा धरानको भानुचौकमा असहाय तथा विपन्न नागरिकलाई निःशुल्क भोजन गराइएको छ । लायन्स क्लबको गेट एरिया–भीको आयोजनामा सम्पन्न कार्यक्रममा लायन्समा आवद्ध सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा करिब पाँच सयभन्दा बढी असहाय व्यक्तिलाई भोजन गराइएको आयोजकले जनाएका छन् । सेवामूलक कार्यमार्फत संस्थापकलाई सम्झने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाजसेवाप्रति समर्पित लायन्स सदस्यहरू उत्साहपूर्वक सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स अन्तर्गतको एरिया–५ कि एरिया चिफ एकता श्रेष्ठले दोस्रो विश्वयुद्धपछिको भयावह अवस्थालाई स्मरण गर्दै मेल्भिन जोन्सले सेवाको भावना फैलाउन लायन्स क्लब स्थापना गरेको उल्लेख गर्नुभयो ।
उहाँले त्यो कठिन समयमा मानिसहरूले ठूलो पीडा भोगेका बताउदै त्यही पीडालाई महसुस गरेर एकले सयौँलाई जोड्ने सेवाको अभियान सुरु गरेर लायन्स इन्टरनेशनल क्लब खोल्ने सस्थापक मेल्भिन जोन्सकै परिकल्पना अनुसार आज संसारकै सबैभन्दा ठूलो सेवा संस्थाका रूपमा स्थापित भएको बताउनुभयो ।
उहाँले मेल्भिन जोन्सको जन्मदिनको अवसर पारेर पाँच सयभन्दा बढी असहायलाई भोजन गराउन पाउनु गौरवको विषय भएको बताउनुभयो ।
प्रमुख अतिथिका रुपमा रहनु भएका लायन्स अन्तर्गतको गेट मल्टिपल को–अर्डिनेटर इन्द्र राजन खत्रीले हुनेले नहुनेलाई सानो सहयोग गर्दै गयो भने त्यो अभियान झन् फैलिँदै जाने भन्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
त्यस्तै, लायन्सका अन्य प्रतिनिधिले धरानमा पहिलो पटक यति ठूलो स्तरमा असहायलाई निःशुल्क भोजन गराउन पाइएको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
मेल्भिन जोन्स सन् १८७९ जनवरी १३ मा अमेरिकाको एरिजोनामा जन्मिनु भएको हो । पेशाले बीमा व्यवसायी भए पनि उहाँ समाजसेवा, नेतृत्व र मानवहितका कार्यमा अत्यन्त समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले सन् १९१७ मा ‘हामी सेवा गर्छौँ’ भन्ने मूल नारासहित लायन्स क्लब स्थापना गर्नुभएको थियो ।
यही दर्शनले विश्वभरका लाखौँ मानिसलाई सेवा कार्यमा जोडेको छ । आज लायन्स क्लब २ सय भन्दा बढी देशमा फैलिएको छ र दृष्टि उपचार, शिक्षा, स्वास्थ्य, विपद् राहत, वातावरण संरक्षणजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।