धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्याथोलोजी युनिटले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा फरक स्वरूपको शैक्षिक तथा वैज्ञानिक जमघट आयोजना गरेको छ । दुई दिनसम्म चलेको यस कार्यक्रममा फोक्सोको क्यान्सरको रोकथाम, समयमै निदान र उपचारमा प्रयोग भइरहेका तथा नयाँ विकसित प्रविधिहरू केन्द्रमा रहे ।
कार्यक्रममा सन् १९९९ देखि २०२५ सम्म प्रतिष्ठानबाट स्नातकोत्तर (पिजी) अध्ययन पूरा गरेका चिकित्सक र प्राविधिकहरू सहभागी भए । हाल नेपालसहित अमेरिका, भारत, बङ्गलादेशलगायत विभिन्न मुलुकमा कार्यरत उनीहरूले आफ्ना कार्यक्षेत्रका अनुभव, अनुसन्धानका नतिजा, व्यावहारिक चुनौती र भविष्यका सम्भावनाबारे विचार आदान–प्रदान गरे ।
प्याथोलोजी विभागकी प्रमुख प्रो.डा. स्मृति कार्कीले विदेशमा कार्यरत पूर्व विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल हुनु विभागका लागि उपलब्धिमूलक भएको बताउँदै आधुनिक प्रविधि र यसलार्ई नेपालमा कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने विषयमा गहन बहस भएको जानकारी दिनुभयो ।
विभागकी प्राध्यापक तथा प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार हालसम्म प्याथोलोजी विभागबाट १ सय १९ जना चिकित्सकहरूले स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन् । उनीहरू विश्वका विभिन्न प्रतिष्ठित अस्पताल तथा अनुसन्धान संस्थामा कार्यरत रहेर नेपाली स्वास्थ्य क्षेत्रको पहिचान विस्तार गरिरहेका छन् ।
शुक्रबारदेखि शुरु भएको कार्यक्रमको दोस्रो दिन शनिवार फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा बढ्दो समस्याका रूपमा देखिँदै गएको सन्दर्भमा रोकथाम, प्रारम्भिक पहिचान, उपचारका अत्याधुनिक प्रविधि र विद्यमान चुनौतीहरूमाथि विशेष वैज्ञानिक प्रस्तुतिहरू राखिनेछन् । यस अवसरमा प्रतिष्ठानकै पूर्व विद्यार्थी प्रा.डा. ममता लाखे, प्रा.डा. अमरनाथ ठाकुर, प्रा.डा. अरविन्दकुमार सिन्हा र डा. सागरराज पाण्डेले आ–आफ्नो विषयगत अनुभव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमकै क्रममा रोगको अन्तिम निदान र उपचार योजना तय गर्न प्याथोलोजी रिपोर्टको निर्णायक भूमिका रहने उल्लेख गर्दै दीर्घकालीन योगदान पु¥याएका वरिष्ठ प्राविधिकहरू दीपकनारायण चौधरी, सहदेव राम, भगवती भट्टराई, मञ्जुकुमारी साह र सुशीला सुवेदीलाई सम्मान गरिएको छ ।
प्रतिष्ठानले यस्तो शैक्षिक जमघटले चिकित्सक, प्राध्यापक र प्राविधिकबीच ज्ञान, सीप र अनुभवको अन्तर्राष्ट्रिय स्तरमा आदान–प्रदान बढाई नेपालमा क्यान्सर उपचार तथा रोग निदान प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।