धरान । स्थानीय सरकारले लक्षित वर्गको वृत्ति विकासमा बजेट नै छुट्याएको हुन्छ । अर्थात अपांग असाहाय, दलित, आदिवासी जनजाति लगायतका लक्षित वर्ग जातिलाई बजेट छुट्याएर उनीहरुको वृत्ति विकासमा सहयोग गर्दै आएको छ । तर स्थानीय सरकारले राखेको यस्ता वृत्ति विकासका कार्यक्रमले सबै लक्षित वर्ग सन्तुष्ट छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारले समेट्न नसकेका यस्ता वर्गलाई केही संघसंंस्थाले भने पूरा गरिदिने गरेको छ ।
१५ बर्ष अगाडि अपांग तथा असहायको सहयोगका लागि स्थापना भएको धरान १९ स्थित अपांग तथा असहाय केन्द्रले अपांग तथा असहायहरुलाई विभिन्न प्रकारको सहयोग पु¥याएर थोरै भएपनि सरकारी स्तरबाट गर्ने भूमिका निर्वाह गरेको छ । यस केन्द्रले आफू र सहयोगी दाताहरुसँग समन्वय गरेर बाच्नका लागि खाद्यान्न, लत्ताकपडामात्र हैन उनीहरुको बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै स्वरोजगार तालिम समेत प्रदान गरेर आत्मनिर्भर बनाउने काम गरेको छ ।
प्छिल्लो समय यो केन्द्रले केही समय अगाडि तालिम प्रदान गरेको अपांग तथा असहाय परिवारका दुई महिलालाई सिलाई मेसिन प्रदान गरेको छ । घरमै बसेर स्वरोजगार बन्न सकून भन्ने अभिप्रायले उनीहरुलाई धरानका व्यापारी तथा समाजसेवी अशोक अग्रवालमार्फत सहयोग प्रदान गरेको हो । यो सँगै आफ्नो ९२ औं सहयोग कार्यक्रम अन्तर्गत केन्द्रले गरिब तथा असहाय तीन जना बालबालिकालाई शैक्षिक सामाग्री र व्याग वितरण गरेको छ भने २० परिवारलाई खाद्यान्न समेत प्रदान गरेको छ ।
केन्द्रले विभिन्न सहयोगीदाताबाट निरन्तर सहयोग प्रदान गर्दै आएकोमा स्थानीय सरकार केन्द्रको प्रशंसा गरेको छ । ९२ औ वितरण कार्यक्रममा सहभागी हुनु भएका धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौगालाईले स्थानीय सरकारले गर्ने काम केन्द्रले गरेको भन्दै सहयोगीदाता र केन्द्रलाई धन्यवाद दिनुभयो ।
यो केन्द्रको अध्यक्ष डम्बरकुमारी मास्केले आफू र आफूजस्ता अपांग तथा असहायहरुलाई निरन्तर सहयोग पु¥याउदै आउनु भएको छ । मास्केले केन्द्रको अध्यक्षको नाताले आफूले सञ्चालन गरेको डिप्लोमा हेन्डिक्राफ्मार्फत सिलाई बुनाई तालिम लगायत व्यवसायिक तालिम प्रदान गर्दै आउनु भएको छ । आफू पनि यस्तै अवस्थाबाट गुज्रिएर यो अवस्थासम्म आइपुगेकोले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
केन्द्रले गरेको सहयोगप्रति लक्षित वर्ग अत्यन्तै खुशी देखिएका छन् । एकपेट खाने र एकसरो लाउने सहयोगमात्र हैन लक्षित वर्गका सन्तालाई शिक्षाका लागि निःशुल्क अध्ययनको व्यवस्था, सहज रुपमा उपचारको पहुचसँगै आत्मनिर्भर बनाउन तालिमसमेत दिँदै आएको छ । सरसर्ती हेर्दा केन्द्रले गरेको काम तीन तहको सरकारले गरेको भन्दा बढी प्रभावकारि भएको पाइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।