धरान । धरानसहित देशभर चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । चिसोको सबैभन्दा ठूलो मार वृद्धवृद्धा, बालबालिका र आर्थिक रूपमा कमजोर समुदायले खेपिरहेका छन् । यस्तो अवस्थामा विभिन्न सामाजिक संघ–संस्थाले न्यानो कपडा वितरण गर्दै राहतको काम गरिरहेका छन् ।
सरकारी तहबाट अपेक्षित सहयोग नपुगेको बेला सामाजिक संघ–संस्थाहरूले मानवीय सेवाको उदाहरणीय काम गर्दै आएका छन् । चिसोले विशेषगरी विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीहरू बढी प्रभावित भएका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै ‘जाडोमा कसैलाई समस्या नहोस्’ भन्ने उद्देश्यका साथ क्लोथ फाउन्डेशन नेपालले विगत तीन वर्षदेखि निरन्तर न्यानो कपडा वितरण गर्दै आएको छ । फाउन्डेशनले धरान पन्ध्र घर भई हाल बेल्जियममा रहनु भएका पुना कट्वालको सहयोगमा स्थानीय सरकारसँग समन्वय गरी धरान–२० विष्णुपादुका स्थित श्री भगवती आधारभूत विद्यालयका २२ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ । सहयोगी मनका धनीहरुलाई धरान २० का वडाध्यक्ष पदम लिम्बुले धन्यवाद प्रकट गर्नुभयो ।
क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानका अनुसार जाडोको समयमा ज्येष्ठ नागरिक, निम्न आयस्रोत भएका परिवार तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बढी प्रभावित हुने भएकाले लक्षित वर्गको पहिचान गरी निरन्तर सहयोग गरिँदै आएको छ । सुगम सहर धरानको दुर्गम वडाभित्र पर्ने धरान २० विष्णु पादुकाको श्री भगवती अधारभूत विद्यालयमा पुगेर ट्रयाकसुट वितरण गरेको प्रति सहयोगी पुना कट्वाल र क्लोथ फाउण्डेसन लाई विद्यालयका प्रद्यानाध्यापक रुपेन्द्र राईले धन्यवाद दिनुभयो ।
विगत वर्षमा पनि यही विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहित न्यानो कपडा वितरण गरेको क्लोथ फाउन्डेशनले सामाजिक सेवामा निरन्तरता दिँदै आएको छ । यस्ता सहयोगले जाडोमा कपडा किन्न नसक्ने विद्यार्थीहरूलाई ठूलो राहत पुगेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।