one
विज्ञापन

पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भोलि असोज १ गते बिहान ६ बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालनका लागि खुला गरिने ....

Article Image
Article Image

काठमाडौं
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कृष्णभीरको नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो । बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन