धरान । धरान–१४ विजयपुरमा अवस्थित ऐतिहासिक गणेश भीमसेन मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राचीन सम्पदाको जीवन्त प्रतीक बनेर उभिएको छ । सेनकालदेखि नै ऐतिहासिक तथा पुरातात्विक महत््व बोकेको विजयपुर डाँडामा रहेको यो मन्दिर स्थानीय नेवार समुदायको धार्मिक विश्वाससँगै व्यापारिक समृद्धि र सामाजिक एकताको इतिहाससँग जोडिएको छ ।
विजयपुर क्षेत्रभित्र रहेका साना–ठूला करिब ५० भन्दा बढी धार्मिक स्थलमध्ये गणेश भीमसेन मन्दिर पनि एक हो । प्राचीनकालदेखि नै यहाँ गणेश र भीमसेनको आराधना हुँदै आएको छ । विघ्नहर्ता गणेश र व्यापार–व्यवसायका आराध्यदेव भीमसेनप्रतिको आस्थाले यो मन्दिरलाई स्थानीय समुदायको धार्मिक जीवनमा विशिष्ट स्थान दिएको छ ।
अतीतमा धरानको तल्लो मैदानी भूभाग बाक्लो जङ्गलले ढाकिएको थियो । औलोको प्रकोपका कारण मानिसहरू सुरक्षित स्थानको खोजीमा विजयपुर डाँडातर्फ बसाइँ सर्न थालेपछि त्यहाँ नेवार समुदायको बस्ती विस्तार हुँदै गयो । व्यापार–व्यवसायको सुरक्षा, समृद्धि र धार्मिक विश्वाससँग जोडिएका देवीदेवताको स्थापना तथा पूजाअर्चनाको परम्परा पनि त्यही समयदेखि विकसित भएको स्थानीय इतिहासले देखाउँछ ।
गणेश भीमसेन मन्दिरभित्र प्रतिष्ठापित गणेश र भीमसेनका मूर्तिहरू तत्कालीन स्थानीय दक्ष शिल्पीहरूले कडा ढुङ्गामा कुँदिएका प्राचीन प्रस्तर मूर्ति हुन्। यी मूर्तिहरूले मन्दिरको धार्मिक महत्त्वसँगै त्यस समयको शिल्पकला र सांस्कृतिक परम्परालाई समेत प्रतिबिम्बित गर्छन् । मन्दिर नेपाल सरकारको गुठी संस्थानको अभिलेखमा समेत समेटिएको छ । मन्दिरको नित्य पूजा, जात्रा सञ्चालन, संरक्षण तथा व्यवस्थापनका काम गुठी संस्थान र स्थानीय गणेश भीमसेन गुठी संरक्षण समितिको सहकार्यमा हुँदै आएका छन् । सीमित स्रोतसाधनका बाबजुद स्थानीय समुदायले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग जुटाउँदै धार्मिक परम्परालाई निरन्तरता दिइरहेको छ ।
गणेश भीमसेन गुठी संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठका अनुसार मन्दिरमा वर्षमा दुईवटा मुख्य गुठी पर्व परम्परागत रीतिरिवाजअनुसार सञ्चालन हुन्छन् । गणेश चतुर्थीमा सानो गुठी र योमरी पूर्णिमाका दिन ठूलो गुठी आयोजना गरिन्छ ।
उहाँका अनुसार दुवै पर्वमा बिहान सामूहिक तथा सामाजिक पूजा सम्पन्न गरिन्छ । साँझ करिब ५ बजेतिर परम्परागत बाजागाजासहित भगवान् गणेश र भीमसेनको रथयात्रा निकालिन्छ । रथलाई विजयपुर नगर परिक्रमा गराई धार्मिक विधिअनुसार विसर्जन गर्ने परम्परा रहिआएको छ ।
रथयात्रा केवल धार्मिक अनुष्ठानमा सीमित छैन । यसले स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने, पुर्खाले स्थापित गरेको संस्कृतिलाई निरन्तरता दिने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग परिचित गराउने कामसमेत गर्दै आएको छ । सामूहिक पूजा, बाजागाजा र रथयात्रामार्फत पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक जीवन्तता यस मन्दिरको प्रमुख विशेषता हो ।
मन्दिरको संरक्षणमा स्थानीय समुदायको भूमिका महत््वपूर्ण रहेको सचिव श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार समुदायले आ–आफ्नो तवरबाट सहयोग जुटाएर धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिइरहेको छ ।
ऐतिहासिक सम्पदाको संरक्षण भनेको मन्दिरको भौतिक संरचना जोगाउनु मात्र होइन, त्यससँग जोडिएको धार्मिक विश्वास, गुठी परम्परा, जात्रा, पूजा विधि र सामाजिक संस्कारलाई जीवन्त राख्नु पनि हो । यही मान्यताअनुसार गणेश भीमसेन मन्दिरको संरक्षणमा स्थानीय समुदायले देखाउँदै आएका छन् ।
मन्दिरको मौलिकता कायम राख्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन विकासमा सम्बन्धित निकाय तथा समुदायबीच सहकार्य आवश्यक देखिन्छ । विजयपुरका धार्मिक स्थलहरूलाई समेटेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्न सके गणेश भीमसेन मन्दिरले पनि धरानको ऐतिहासिक पहिचान र धार्मिक पर्यटनमा थप योगदान पु¥याउने स्थानीयहरुको भनाइ रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।