धनकुटा
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ सेल्फीडाँडामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा विद्युतीय गाडी चालक तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. १ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नं ३ चम्तामका ३८ वर्षीय कुल प्रसाद थापा मगर घाइते भएका छन् ।मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने थापा मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पठाइएको छ । दुर्घटनापछि विद्युतीय गाडी, ट्यांकर र ट्यांकर चालकलाई इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरीका कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।