one
विज्ञापन

बाढीपीडित विद्यालयका लागि सहयोग जुटाउँदै जीवन विज्ञान युवा वृत्तको दौड........

समग्र आरोग्य र सामाजिक उत्तरदायित्वको भावनासहित जीवन विज्ञान युवा वृत्तले “आरोग्यका लागि दौड, समाजका लागि योगदान” भन्ने नाराका साथ दौड कार्यक्रम आयोजना गर्ने भएको छ । संविधान दिवसको अवसरमा आगामी २०८३ असोज ३ गते (१९ सेप्टेम्बर २०२६), बिहान ७ बजे काठमाडौँको दशरथ रंगशाला, त्रिपुरेश्वरबाट सुरु हुने दौडमा ५ किलोमिटर र १० किलोमिटर दूरीका धावकहरू सहभागी हुनेछन् । कार्यक्रममा विशेषगरी बाढी तथा विपद्बाट प्रभावित विद्यालयका विद्यार्थीहरूलाई मनोसामाजिक तथा शैक्षिक सामग्री जुटाउने उद्देश्य राखिएको छ । स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैली निर्माणका लागि दौडजस्ता शारीरिक गतिविधि महत्वपूर्ण छन् । व्यक्तिगत स्वास्थ्यसँगै विपद्मा परेका समुदाय तथा विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य जोडिएकाले यो कार्यक्रमलाई स्वास्थ्य र सामाजिक सेवाको साझा अभियानका रूपमा अघि बढाइएको हो । कार्यक्रममा सहभागी हुने सबैलाई दर्ता गरी दौडमा सहभागी हनु आग्रह गरिन्छ । दर्ता गर्ने सहभागीमध्यै दौड पूरा गर्ने सहभागीलाई सहभागिता पदक, टी–सर्ट, प्रमाणपत्र तथा नास्ताको व्यवस्था गरिएको छ । यस कार्यक्रमलाई युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउँदै सामाजिक सेवामा जोडिने अवसरका रूपमा लिइएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन