one
विज्ञापन

साउनको सोमबार सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान ।श्रावण महिनासँगै सुनसरीको धरानमा बोलबम यात्रा सुरु भएको छ । सोमबार बिहानदेखि धरानका विभिन्न स्थानका शिवभक्तहरू गेरु वस्त्र धारण गरी बोलबम भन्र्दै धार्मिक यात्रामा सहभागी भएका हुन् । पहिलो सोमबार नै भक्तजनहरुकोे पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको उपस्थिति देखिएको छ । पवित्र जल बोकेर शिवालयहरूमा पुगेर भगवान् शिवलाई जलाभिषेक गर्ने परम्पराअनुसार सप्तकोशीबाट जल ल्याएर चढाउनेको संख्या पहिलो हप्ता नै अधिक पाइएको हो ।

हिन्दू धर्ममा श्रावण महिना भगवान् शिवको आराधनाका लागि विशेष पवित्र मानिन्छ । यस अवधिमा गरिने बोलबम यात्रा श्रद्धा, भक्ति, संयम र समर्पणको प्रतीकका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार पवित्र जल अर्पण गरी भगवान् शिवको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने, दुःख–कष्ट हट्ने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।
बोलबममा आउने भक्तजनहरु सबै उमेर समूहका रहेका छन् । बालबालिकादेखि बृद्धसम्म सप्तकोशीबाटै पानी ल्याएर जल चढाउनेको भक्तजहरुको संख्यामा समेत बृद्धि भएको पाइएको छ ।
यहाँ आउने सबै भक्तजन आस्थावान देखिन्छन् । साउनको सोमबार सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकै कारण भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको पाइएको छ । इटहरीबाट चतराहुदै धरानको पिण्डेश्वर जल चढाउन आउनु भएकी सरस्वती फुयालले यो पहिलो पटक नभएर आफूले थाहा पाएदेखि नै कोशीको जल पिण्डेश्वर मन्दिरमा चढाउने गरेको बताए । उनले धार्मिक मान्यतालाई अहिलेको युवा पुस्ताले भुल्नु नहुने बताए ।

त्यसो त बर्षेनी बोलबम भक्तजनहरुको संख्या बढ्दै जाँदा पिण्डेश्वर बाबाधाम समिति तथा मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुलाई सहज वातावरण तयार पारिदिने काम गरेको छ । शान्ति सुरक्षा, प्राथमिक स्वास्थ्य उपचार, स्वयम्सेवक, निःशुल्क भोजनको व्यवस्था, शान्ति सुरक्षालाई मजबुत बनाउन विजुलीको लाइन गएको बेला पनि जेनेटरको व्यवस्था गरिएको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पंकज घिमिरेले जानकारी दिए । उनले भक्तजनको सुविधालाई मध्यनजर गरी समितिले विभिन्न संघ संस्था, सुरक्षा निकायलगायतसँग समन्वय गरेर काम गरिरहेको बताए ।

यता मन्दिरका मूल पुजारी विनोद पोख्रेलले अयिहले बृहस्पति अस्त भएको समय मन्दिर जान नहुने भन्ने भ्रामक सन्देस फैलिएको हुनाले भक्तजनहरुको उपस्थिति केही कम भएको जानकारी दिए । उनले पूजा सम्बन्धी व्यवस्थापनमा मन्दिरले भक्तजनहरुलाई सहज वातावरण तयार गरिदिएको पनि बताए ।

धरानमा बोलबम यात्राको आकर्षण वर्षेनी बढ्दै गएको पाइएको छ । यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय संघ–संस्थाले खानेपानी, स्वास्थ्य सहायता तथा विश्रामको व्यवस्था गरेका छन् । बोलबम यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा स्वयंसेवकहरू परिचालन गरिएको छ। भीड व्यवस्थापन, ट्राफिक सञ्चालन र आपत्कालीन स्वास्थ्य सेवाका लागि आवश्यक तयारी पूरा गरिएको समितिले जनाएको छ ।
धरानका धार्मिक अगुवाहरूका अनुसार बोलबम यात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई आपसी सद्भाव, अनुशासन, सेवा र सामाजिक एकताको सन्देश फैलाउने अवसर पनि हो । श्रावण महिनाभर सञ्चालन हुने यस यात्राले धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन