धरान । धरान–८ स्थित धार्मिक वन क्षेत्रमा निर्माणाधीन ‘बौद्ध चार धाम’ परियोजनाले कोशी प्रदेशको धार्मिक पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । बौद्ध धर्मावलम्बीहरूलाई आफ्नै देशभित्र बुद्धसँग सम्बन्धित चार प्रमुख तीर्थस्थलको अनुभूति गराउने उद्देश्यसहित अघि बढाइएको यो महत्वाकांक्षी गुरुयोजनाको निर्माण कार्य यतिबेला तीव्र गतिमा भइरहेको छ ।
बौद्ध समन्वय समिति धरानको पहलमा सञ्चालन भइरहेको परियोजना ११.८ हेक्टर (करिब २३ बिघा) धार्मिक वन क्षेत्रमा निर्माण भइरहेको हो । समितिका अनुसार वि.सं. २०५५ सालमै संस्था दर्ता गरी अवधारणा अघि सारिए पनि पछिल्लो एक वर्षदेखि निर्माण कार्यले गति लिएको छ ।
परियोजनाको विशेष पक्ष भनेको धार्मिक वन क्षेत्रमा रहेका १३७ वटा पुराना चिहानलाई सम्मानजनक रूपमा एकीकृत गरी एउटै भव्य ‘स्मृति स्तूप’ निर्माण गरिनु हो । वन विभाग, बौद्ध समन्वय समिति र स्थानीय समुदायको सहकार्यमा चिहान व्यवस्थापनसँगै शान्ति उद्यान निर्माण गर्ने योजना अघि बढाइएको छ ।
परियोजनाअन्तर्गत नेपालको लुम्बिनी तथा भारतका बुद्धगया, सारनाथ र कुशीनगरसँग सम्बन्धित बौद्ध आस्थाका प्रतीकस्थलहरूको अवधारणालाई एउटै परिसरमा समेटिनेछ । यसबाट विशेषगरी भारत पुग्न नसक्ने नेपाली बौद्ध धर्मावलम्बीहरूलाई आफ्नै भूमिमा धार्मिक आस्था व्यक्त गर्ने अवसर मिल्ने विश्वास गरिएको छ ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले बौद्ध चार धामको अवधारणा प्रदेशकै धार्मिक पर्यटनका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले यस परियोजनालाई आवश्यक बजेट, पूर्वाधार र नीतिगत सहयोग उपलब्ध गरइएको बताउनुभयो ।
कोशी प्रदेशसभा सदस्य यसोदा कायस्थले यो परियोजना पूर्वी नेपालका बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार धार्मिक वन क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण योगदान पु¥याउनेछ ।
बौद्ध समन्वय समिति धरानका अध्यक्ष कर्ण गुरुङले परियोजनाको मूल उद्देश्य नेपाली बौद्धमार्गीलाई आफ्नै देशभित्र चार धामको विकल्प उपलब्ध गराउनु रहेको बताउनुभयो । उहाँका अनुसार परियोजनाले धार्मिक महत्व मात्र नभई वन संरक्षण, वातावरणीय सन्तुलन, सांस्कृतिक सम्पदाको संरक्षण तथा धार्मिक सहिष्णुतालाई समेत प्रवद्र्धन गर्नेछ । यहाँ चारधाम निर्माण गरिए यहाँ आउने भक्तजनहरुका लागि भारतजतिकै भक्तिभाव मिल्ने बताउनुभयो ।
परियोजना सम्पन्न भएपछि धरान धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित हुने, आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने तथा कोशी प्रदेशको पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीयवासी, बौद्ध समुदाय र प्रदेश सरकारको साझा प्राथमिकतामा रहेको यो गुरुयोजनालाई धरानको मात्र नभई समग्र कोशी प्रदेशकै धार्मिक, सांस्कृतिक र पर्यटन विकाससँग जोडिएको दीर्घकालीन योजनाका रूपमा हेरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।